सुखः छैन आमा प्रेदशमा : खाडि बाट ४९० जना नेपाली बा*कसमा फर्किए हेर्नुस् | सबै भन्दा बढि मलेसिया त्यस पछि…

समाचार

सुखः छैन आमा प्रेदशमा : खाडि बाट ४९० जना नेपाली बाकसमा फर्किए हेर्नुस् | सबै भन्दा बढि मलेसिया त्यस पछि…




अर्को समचार पनि पढ्नुहोस्

नेपाली कांग्रेसको आसन्न महाधिवेशनको व्यवस्थापन पक्षका बारेमा भन्दा पनि अबको नेतृत्वमा स्थापित हुने प्रतिस्पर्धामा उपल्लो तहले क्रियाशीलता देखाउन थालेको छ। अहिलेसम्म करिब दर्जनभन्दा अधिक संख्यामा यस दलका नेताहरू नेतृत्वमा पुग्न आफ्नो संगठन विस्तारमा लागिपरेका छन्। हालसम्म विगतका कमीकमजोरीको मूल्यांकन गर्दै आत्मसमीक्षाका साथै कार्यकर्तासामुन्ने प्रायश्चित गरेर भावी कार्यक्रमसहित प्रस्तुत हुने प्रयास अपवादका रूपमा पनि कसैबाट प्रतिबद्धता आउन सकेको छैन। यस अवस्थामा कांग्रेसको अहिलेको कमजोर अवस्थामा सुधार ल्याउन यस दलका नेताहरूको कार्यशैलीमा मौलिक परिवर्तन गरेर प्रजातन्त्रको पक्षपाती राजनीतिक दलको स्थितिलाई जनताले आत्मादेखि सम्मान गर्ने र कांग्रेसको कार्यकर्ता हुनुमा गर्व गर्ने अवस्था सृजना गर्नुपर्ने अनिवार्य आवश्यकता खट्किएको छ।

नेपाली राजनीतिको मियोका रूपमा २००७ सालदेखि गणतन्त्र कालसम्म कायम रहेको यस दलको प्रतिष्ठालाई पुनस्र्थापित गर्नुपर्ने अवस्था छ, तर सतहमा देखिएका नेतृत्वमा पुग्न उत्साहित भएका व्यक्तित्वहरूको प्राथमिकता आत्मकेन्द्रित मात्र बनेको अवस्था छ। कांग्रेसको हालको अवस्थाबारेमा कांग्रेसका कार्यकर्ताको कित्तामा समावेश हुन पाउँदा गौरव मान्दै आएका एक बुद्धिजीवीले आफ्ना धारणा राख्ने क्रममा कांग्रेसको इतिहास स्मरण गरेर वर्तमान नेतृत्वको कडा आलोचना गरेका थिए।

२०१५ सालको आम निर्वाचनमा चार स्थानमा मात्र विजयी भएको कम्युनिस्ट दल कांग्रेसलाई प्रायः राप्रपाको स्थानमा पुर्‍याउन सफल भएको छ, यही शैलीले निरन्तरता प्राप्त गर्दै जाने हो भने अब यस दलको अवस्था २०१५ सालको कम्युनिस्टकै सरह हुने सन्त्रास देखिएको छ। कांग्रेसका कार्यकर्ता र यस दलको सिद्धान्तका समर्थक बुद्धिजीवी अब कांग्रेस होइन आफूलाई लोकतन्त्रवादीका हिसाबले प्रस्तुत गर्न थालेका छन्। कांग्रेस हुनुमा हिजोको जस्तो गर्व गर्न सक्ने अवस्था अब रहेन, हालको नेतृत्व तहमा रहनेबाट यस दललाई पुनस्र्थापित गराउन सक्ने अवस्थासमेत देखिएन, यो एक इमानदार कांग्रेसजनको चिन्तायुक्त अभिव्यक्ति थियो। यसरी कांग्रेसबाट लोकतन्त्रवादीमा केन्द्रित हुन पुग्नेको संख्या कांग्रेसका कार्यकर्ता र शुभचिन्तकमा वृद्धि हुँदै गएको छ।

कांग्रेसले आफ्नो लामो त्याग र बलिदान दिई प्रजातन्त्र र देशका लागि जीवन समर्पण गरेका दिवंगत आदरणीय नेतागणबाट धेरै कुरा सिक्नुपर्ने स्थिति छ। २०४६ सालदेखि हालका दिनसम्म आइपुग्दा यो दल धेरैपटक चुक्दै गएको छ। राजनीतिमा सबैभन्दा ठूलो आधार भनेको यसले अवलम्बन गरेको सिद्धान्त र आदर्श हो, यसलाई विस्मरण गर्दै अघि बढेको राजनीति दिशाविहीन बन्दछ। कांग्रेसको सिद्धान्त र आदर्श प्रजातन्त्र, राष्ट्रियता र समाजवाद हो। यी सिद्धान्तबाट विचलित यस दलले सिद्धान्तअनुकूल एजेन्डा तय गर्न र आम कार्यकर्ताको मनोबल उच्च राख्न सकेन। राजनीतिमा त्याग, सच्चरित्रता, इमानदारी, कुशल संगठन, सिद्धान्त, व्यवहारवादी र चमत्कारिक प्रतिभाले नेतृत्व गरेको हुनुपर्छ। सबै विशेषता एउटा व्यक्तिमा प्राप्त नहुन सक्छ तर यस्ता प्रतिभा र सीपयुक्त भएका नेता तथा कार्यकर्ता जस्तै गणेशमानजीको त्याग, गिरिजाबाबुको जस्तो संगठन, बीपीको जस्तो स्पष्ट दूरगामी सोचको सम्मान गर्दै दललाई सोहीअनुसार परिचालित गर्नुपर्छ।

२०१५ सालदेखि २०४८ सालसम्मको निर्वाचनका समयसम्म आइपुग्दा कांग्रेसका कार्यकर्ताको मनोबल उच्च थियो, तत्पश्चात् सिद्धान्तबाट विचलित बन्दै गएको कांग्रेसले कम्युनिस्टसँग सत्ता साझदारी गर्नेदेखि महापञ्चलाई आफ्नो नेता मान्दै उनीहरूकै नेतृत्वमा सरकारमा सहभागी हुँदै गयो। व्यक्तिकेन्द्रित र सत्ताप्रतिको मोहनै राजनीतिको आधार बन्दै गयो। द्वन्द्वका समयमा मारिएका, सम्पत्ति लुटिएका, अपांग बनाइएका, बस्तीबाट खेदिएका, बेपत्ता बनाइएका आफ्ना इमानदार र सिद्धान्तनिष्ठ कार्यकर्तालाई संरक्षण र न्याय प्रदान गर्न सकेन, चुनावी गठबन्धनका नाममा आफ्ना जनहरूको हत्या गर्नेलाई मत दिन र उनीहरूकै कार्यकर्ता बन्न बाध्य बनाइयो। यसबाट कार्यकर्ताको मनोबल हदैसम्म गिर्न पुग्यो र तिनै कार्यकर्ताका आधारमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था विद्यमान छ। यस परिस्थितिको जिम्मेवारी र जवाफदेहिता २०५२ सालदेखि हालसम्मका नेतृत्व तहमा रहनेले लिनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *