आमाले बाबाको पि’टाई देखि मानसिक या’तना पाएको सम्झेर अन्जु पन्तको छोरी परितोशिकाको आशु थामिएन (भिडियो हेर्नुहोस्)

मनोरंजन

नेपाली सांगीतिक दुनियामा गायिका अन्जु पन्तको नाम पनि निक्कै अग्रणी छ । उनको सुमधुर स्वरले सुसज्जित हजारौ गितहरु सार्बजनिक भैसकेका छन।




तर गायिका पन्त सांगीतिक यात्रामा जति सफल छिन त्यत्ति कै बैबाहिक जीवनमा असफल भइन । पति मनोज राजसंगको जीवन निक्कै कठिन भएको उनले स्वीकार्दै आएकी छन । केहि वर्ष पहिले नै सम्बन्ध बिच्छेद गरेकी अन्जु पन्त अहिले आफ्नो छोरी परितोशिकासंग बस्दै आएकी छन।

अन्जुले अहिले आफ्नो छोरी परितोशिकालाई पनि मोडल बनाएकी छन। पन्तकै स्वरमा रहेको ‘धेरै माया नदेऊ मलाई’ बोलको गितको भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तको डेब्यु अभिनय रहेको छ भने उनको साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन । आफ्नो साङ्गीतिक करियरमा यो गीत निकै विशेष र उत्कृष्ट बनेको गायिका पन्तको भनाई छ । छोरी परितोषिकाले पनि यो गीत धेरै मन पराएर यही गीतमार्फत् अभिनय यात्रा प्रारम्भ गरेको अन्जुले बताईन् । गीतकार सुरेश वाग्लेले आफूले यो गजल फरक ‘थिम’मा लेखेकाले आफूलाई विशेष मन परेको उनले बताईन्।

कुराकानीमा अन्जु र परितोषिका स्नेह देख्न सकिन्छ । कुराकानीमा अन्जुले छोरीमाथी निकै ठुलो भरोषा राखेकी छन् भने केहि रहस्यहरु पनि खोलेकी छन् । कुराकानीकै क्रममा एक्कासी माहोल भावुक बन्यो । छोरीले विगतलाई सम्झिँदा अञ्जु भक्कानिएर रोइन् । आमा रोएपछि परितोषिकाका आँशु पनि थामिएनन् । हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्

बुटवल : मुलुकका आठ विश्वविद्यालयमध्ये लुम्बिनी बौद्ध विश्वविद्यालय आर्थिक सुशासनमा उत्कृष्ट ठहरिएको छ । अघिल्लो आर्थिक वर्ष महालेखा परीक्षकको कार्यालयले गरेको अन्तिम लेखापरीक्षणमा बौद्ध विश्वविद्यालयको बेरुजु र पुरानो फर्छौट मापदण्डभित्र नै कायम भएपछि उत्कृष्ट ठहरिएको हो । आर्थिक सुशासनको मुल्यांकनमा बेरुजु महत्वपूर्ण सूचक मानिन्छ ।

बेरुजु फर्छौट मुल्यांकन तथा अनुगमन समितिको मापदण्ड अनुसार पुरानो बेरुजु ८० प्रतिशतभन्दा धेरै फर्छौट गर्ने र नयाँ लेखापरीक्षणमा १ दशमलवभन्दा कम बेरुजु हुनुलाई उत्कृष्ट मानिन्छ । बौद्ध विश्वविद्यालयले गत असार मसान्तसम्म अघिल्ला आर्थिक वर्षको ८० दशमलव शुन्य ५ प्रतिशत बेरुजु फर्छौट गरेको छ । आर्थिक वर्ष ०७५/०७६ मा बेरुजु शुन्य दशमलव ३५ प्रतिशत मात्रै रहेको छ ।

आर्थिक वर्ष ०७५/०७६ मा ४५ करोड १७ लाखको लेखापरीक्षण सम्पन्न भएको थियो । त्योमध्ये १५ लाख ७६ हजार बेरुजु निस्किएको छ । सो बेरुजु कागजात संकलन गर्न बाकी भएको विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिए । ‘हामीले बेरुजु शुन्य बनाउने योजनाका साथ काम गरिरहेका छौं, उनले भने,–‘पुरानो सबै फर्छौट र नयाँमा शुन्य बेरुजु कायम गरी विश्वविद्यालयलाई आर्थिक सुशासनमा राखिनेछ ।’

बौद्ध विश्वविद्यालयले अघिल्लो आर्थिक वर्षमा समेत उत्कृटता हासिल गरेको थियो । यो लगातार दोस्रो पटक उत्कृष्ट भएको हो । विश्वविद्यालयको पुरानो बेरुजु रकम १३ लाखको हाराहारीमा रहेको छ ।

बेरुजु फर्छौटमा उत्कृष्ट भएपछि बेरुजु फर्छौट मुल्यांकन तथा अनुगमन समितिले पुरस्कार प्रदान गर्दछ । विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई मुख्य सचिव एवं समितिका संयोजक शंकरदास बैरागीले १० हजार नगद पुरस्कार प्रदान गरेका छन् । बेरुजु फर्छौटका बखत कार्यरत प्रशासकीय प्रमुख र लेखा शाखाका कर्मचारीलाई पुरस्कार प्रदान गरिन्छ ।

मुलुकका अन्य विश्वविद्यालयमा भने बेरुजुको बर्षेनी चाङ थपिएको छ । मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयमा अर्बौँ बेरुजु पुगेको छ । संस्कृत विश्वविद्यालयमा पनि बेरुजु छ । त्रिभुवन विश्वविद्यालयको बेरुजु आठ अर्ब ४४ करोडभन्दा धेरै देखिएको छ । महालेखाको ५७ औं प्रतिवेदनले नेपाल संस्कृत विश्वविद्यालयको ५ करोड ४ लाख, पोखराको ५२ लाख ९० हजार, मध्यपश्चिमको ४० करोड ५९ लाख बेरुजु देखाएको छ । सुदुरपश्चिमको १ करोड २१ लाख, कृषि तथा बनको ३ करोड ९९ लाख र राजर्षि जनक विश्वविद्यालयको १६ हजार बेरुजु देखिएको छ । बेरुजु बढ्दै जानुलाई कमजोर आर्थिक शुसासन मानिन्छ ।

बेरुजु फर्छौट मुल्यांकन तथा अनुगमन समितिको प्रतिवेदन अनुसार बेरुजुमध्ये फर्छौट गर्नेमा बौद्ध विश्वविद्यालय ७८ दशमलव ०३ प्रतिशतसहित पहिलो नम्बरमा छ । कृषि तथा वनले १४ प्रतिशत, त्रिभुवनको साढे ११ प्रतिशत, नेपाल संस्कृतको साढे ६ प्रतिशत मात्रै बेरुजु फर्छौट भएको छ ।

त्रिभुवन विश्वविद्यालयमा अहिलेसम्म बेरुजुको रकम १५ अर्वको हाराहारीमा छ । नेपाल संस्कृतको ३१ करोड, मध्यपश्चिमाञ्चलको २३ करोड र पोखरा विश्वविद्यालयको २० करोडभन्दा धेरै रकम बेरुजु छ । यो बेरुजुको रकम असुल गर्नुपर्नेसमेत रहेको महालेखाको प्रतिवेदनमा छ । प्रतिवेदन अनुसार कतिपय विश्वविद्यालयको लेखा प्रणाली नै अहिलेसम्म स्पष्ट रहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *