रमेश प्रसाई र जीवन बिष्टको पुरानो भिडियो; अहिले युटुबना भाइ”रल भइरहेको छ(भिडियो हेर्नुस्)

समाचार

अहिलेका निकै नै चर्चीत तथा प्रखर वक्ता रमेश प्रसाईं पछिल्लो समयमा अझ बढी चर्चामा छन ।उनी वैवाहिक बन्धनमा बाँधिएका छन् ।




उनले कालीकोट महाबै गाउँपालिका-४ की नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका-१ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको हो ।आफ्नो ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा परिणत गरेका हुन् । नेपाली परम्परा अनुसार बिवाह गरेका रमेश र नन्दा बैवाहिक समारोहमा निकै खुसी देखिएका थिए ।आफ्नो बोलीबाटै करोडौं दर्शक तथा स्रोताको मन जितेका रमेश विगत डेढ बर्षदेदेखि नन्दासँग प्रेम सम्बन्धमा रहेका थिए । यसअघि लाइभ दोहोरी गाएपछि गायिका कल्पना दाहालसँग रमेशको नाम जोडिएको भएपनि कल्पना र रमेश मिल्ने साथी मात्र थिए । उक्त समयमा पनि रमेश र नन्दा गहिरो प्रेम सम्बन्धमा नै थिए ।

त्यस्तै उनका निकै नै हितेसी मित्र जीवन विस्ट पनि विवाह बन्धनमा छ्न । रमेश र जीवनको १४ बर्षदेखि अहिलेसम्म निकटता रहिआएको छ । उनीहरूको जोडीलाई निकै नै दर्शकहरुले मन पराएका छन । अब प्रस्तुत छ रमेश प्रसाईं र जीवन विस्टको आजभन्दा करिब ९ बर्षअघिको भिडियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

अर्को समचार पनि पढ्नुहोस्

सम्पदाले भरिएको लाग्ने काठमाडौं उपत्यकाको इतिहास झनै वैभवपूर्ण थियो । तर, उचित रेखदेख अभावमा समयक्रममा कति सम्पदाहरू चोरिएर अन्यत्रै पुगे । यही दुःखान्तलाई विश्वमाझ प्रकाश पारिदिएको थियो, सन् १९८९ मा प्रकाशित लैनसिंह बाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ ले ।

लिच्छविकालीन युगका अमूल्य सृजना मानिने कति सम्पदाहरू एकपछि अर्को गर्दै हराएका र चोरिएका छन् । र, यदाकदा यस्ता मूर्ति–सम्पदाहरू अमेरिका–युरोपका कुनै संग्रहालयमा फेला परेको खबर पनि सुनिन्छन् । यही सूचीमा काठमाडौं उपत्यकाबाट हराएको छैटौं शताब्दीमा निर्मित भनिएको चतुर्मुखी शिवलिंग पछिल्लोपटक अमेरिकाको सिकागो म्युजियममा भेटिएको छ । शताब्दियौं पुरानो स्वदेशी सम्पदा सात समुद्रपारि विदेशको संग्रहालयमा यसरी भेटिनु आफैंमा उत्साहपूर्ण खबर त हो, तर यसले सम्पदा इतिहासको संरक्षणदेखि अभिलेखीकरणसम्ममा मुलुकको दुरवस्था भने फेरि झल्काएको छ ।

सम्पदा निर्माण वा पुनर्निर्माणका सवालमा प्रत्यक्ष देखिने वा ठूला आकारका संरचनामाथि मात्रै अक्सर बहस हुने गरेको छ । भूकम्पपछिको विशृंखल स्थितिमा रानीपोखरी निर्माण भैसकेको वा धरहरा उभिँदै गरेको खुराक मात्रै राज्य पद्धतिले सार्वजनिक खपतका लागि बिकाउ र राजनीतिक अर्थमा सार्थक मानेको जस्तो देखिन्छ । तर, लिच्छविकालीन एउटा सम्पदा हराएको ३६ वर्षपछि अमेरिकाको कुनै म्युजियममा भेटिएको खबर पनि उक्त मूर्ति संकलकको निधनपछि मात्रै र संकलकको इच्छापत्रअनुसार मात्रै थाहा हुन सकेको स्थिति छ ।

हाम्रो संरक्षण पद्धति र सूचना संयन्त्रमा यसभन्दा ठूलो कमजोरी अरू के होला ? स्थिति कतिसम्म छ भने हामीसँग के–कति सम्पदा र पुरातात्त्विक सामग्री छन् भन्ने अभिलेखसमेत कहीँकतै छैन । लिच्छविकालीन सभ्यताको झल्को दिने सभ्यताको मुहानका पुरातात्त्विक सामग्री, मूर्ति र अभिलेखको सूचीकरणसमेत गरिएको छैन । कतिसम्म भने, पशुपति क्षेत्रभित्र के–कति लिच्छविकालीन सम्पदा छन् भन्ने सूची न पशुपति विकास कोषसँग छ, न गुठी संस्थानसँग । ऐतिहासिक र पुरातात्त्विक महत्त्वका अरू थातथलो पनि ऐतिहासिक अभिलेखका अर्थमा कागले कान छामेकै अवस्थामा छन् ।

अमेरिकाकै डल्लास म्युजियममा भेटिएको वासुदेव–कमलाजा मूर्ति होस् अथवा, सिकागो म्युजियममा पाइएको चतुर्मुखी शिवलिंग– यी दुवै सम्पदा भेटिएको महिनौंसम्म पनि ‘हकदाबी’ गर्न नसकेकै अवस्थामा बाहिरै बसिरहेका छन् । सन् १९७० को युनेस्कोको अभिसन्धिअनुसार, यस्ता हराएका वा चोरिएका सम्पदा कतै भेटिएको अवस्थामा उत्पत्तिको मुलुक (कन्ट्री अफ ओरिजिन) लाई फिर्ता गर्नैपर्ने प्रावधान छ । तर, विडम्बना वासुदेव–कमलाजा होस् वा चतुर्मुखी शिवलिंग– कहीँ–कतै यी सामग्रीको अवस्थिति र हराएको/चोरिएकोबारे अभिलेखीकरण छँदै छैन । यी पुरातात्त्विक सम्पदाहरू विगतमा पनि गुमनाम थिए, अहिले पनि गुमनाम नै छन् ।

हामीलाई पुरातत्त्वको मतलब नै नभएको प्रमाण त पशुपति क्षेत्रभित्रकै सम्पूर्ण अभिलेख दुरुस्त नहुनु नै हो । उक्त क्षेत्रका हरेक ढुंगा–ढुंगामापुरातात्त्विक इतिहास, लिपि वा पहिचानको अर्थमा विशिष्टीकृत महत्त्व लुकेको भेटिन्छ । तर, यसबारे न गुठीलाई सरोकार छ, न पशुपति क्षेत्र विकास कोषलाई । परैबाट देखिने सम्पदामा रंगरोगन गरेपछि राजनीतिक अर्थमा रिबन काट्न मात्रै मन्त्री वा वरिष्ठ पदाधिकारी यस्ता क्षेत्रमा पुगिरहेका हुन्छन् । जबकि, आफ्नै छेउको शिलालेखबारे भने उनीहरू बेखबर हुन्छन् ।

आज पनि लन्डन वा न्युयोर्कको ‘क्रिस्टिज अक्सन’ मा यस्ता थुप्रै सम्पदा खरिद–बिक्रीमा भेटिने गरेका छन्, जसमा नेपालको पुरातत्त्व र सम्पदाजन्य वैभवको इतिहास जोडिएको छ । तर, कुनै कला संकलकको मृत्युपछि सार्वजनिक हुने इच्छापत्रकै आधारमा मात्रै नेपालको सम्पदा पहिचान हुने र फिर्ता गरिने प्रक्रियामा जाने हो भने हाम्रो पद्धतिको के अर्थ ? अमेरिका, बेलायत वा फ्रान्समा रहने नेपाली दूतावासहरूको के भूमिका ? यसरी कसैले भनिदिएर मात्रै आफ्नो इतिहास र वैभव पत्तो पाउने स्थितिबाट अघि बढेर र सधैं बाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ को पाना मात्रै पल्टाएर ‘आफ्नोपना’ कायम राखिराख्न मुस्किल छ । सधैं–सधैं यही स्थितिमा मात्रै रहनु भनेको आफैंमा लाजमर्दो स्थिति हो । त्यसैले, हामीसँग के–कस्ता सम्पदा छन्, तिनको पुरातात्त्विक महत्त्व र अभिलेख कहाँ–के छ भन्ने सूची निकाल्नमा गुठी संस्थान, राष्ट्रिय अभिलेखालय, पुरातत्त्व विभागहरू लागिपर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *