विभागले भन्यो ‘कतार प्रहरीमा रोजगारीमा जान राहदानी वा रकम बुझाएका व्यक्तिहरु सम्पर्कमा आउनुस्’

समाचार

वैदेशिक रोजगार विभागले कतार प्रहरीमा रोजगारमा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।



यसअघि विभिन्न इजाजतपत्रवाला संस्था(म्यानपावर) संस्थाले वैदेशिक रोजगारको लागि कतार प्रहरीमा पठाइदिने भनि विभागको पूर्व स्वीकृती विना अन्तरवार्ता संचालन गरिरहेको भन्ने प्राप्त सूचना एवम उजुरीको आधारमा विभागले एस.ओ.एस.म्यान पावर सर्भिस प्रा.लि.( इ.प.न.८०/०५२), होप इन्टरनेशनल प्रा.लि. ( इ.प.न.८५७/०६६/६७) र डि.डि ह्युमन रिसोस प्रा.लि.(१०४३/०७३/७४ ) मा आकस्मिकअनुगमन गरेको थियो । सो क्रममा आकस्मिक अनुगमन टोलीले अन्तरवार्ता संचालन गरिसकेको/गरिरहेको अवस्थामा टोलीले आवश्यक कागजात नियन्त्रणमा लिई हाल उल्लिखित संस्थाहरु उपर भइरहेको छानविन जारी राखेको छ । छानवीनको क्रममा उल्लिखित संस्थाहरुले वैदेशिक रोजगारमा कतार प्रहरीमा पठाइदिने भनि राहदानी/ रकम लिएको भनि विभिन्न व्यक्तिहरुवाट विभाग समक्ष उजुरी प्राप्त भइरहेको विभागले जनाएको छ ।

“यसर्थ वैदेशिक रोजगारमा कतार प्रहरीमा जाने भनि उल्लिखित म्यानपावर वा म्यानपावर सँग सम्बन्धित व्यक्ति वा अन्य कुनै म्यानपावरमा राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई आजको मितिले तीस( ३०) दिन भित्र यथेष्ट प्रमाण सहित वैदेशिक रोजगार विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुहुन वा विभागको अनुगमन शाखाको इमेल ठेगना Monitoring@dofe.gov.np मा मेल गरि उजुरी दिनुहोला ।” विभागले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

याे समचार पनि पढ्नुहोस् र सेयर गराै

कुवेतद्वारा अवैध विदेशी नागरिकहरुलाई जरीवाना तिरेर वैधानिक हुने अवसर

मङ्सिर २२, काठमाडौं । कुवेतले आफ्ना मुलुकमा रहेका अवैध विदेशी नागरिकहरुलाई जरीवाना तिरेर वैधानिक हुने अवसर दिएको छ । यो अवसरको लागि एक महिनाको समय दिइएको कुवेतस्थित नेपाली दुतावासले जनाएको छ ।

विगतमा अवैध विदेशी कामदार विदा गर्न पुनः एक पटक ‘क्लिन अफ दि कन्ट्री’ कार्यक्रम शुरु गरेको कुवेतले कोरोना भाइरस संक्रमण उत्कर्षमा रहेका बेला गत अप्रिल ३० सम्म देशमा रहेका अवैध विदेशी कामदारहरुलाई विना जरिवाना आममाफी दिई घर फर्काउने कार्यक्रम शुरु गरेको थियो ।

कुवेतले यस पटक ३० दिनको समय दिएर डिसेम्बर १ तारेखदेखि वैधानिककरण हुन समय दिएको हो । कुवेतले सन् २०२० को अक्टोबर ३१ सम्म १३ हजार अवैध आप्रवासीलाई स्वदेश फर्काएको बताएको छ । अझै कुवेतका विभिन्न डिपोर्टेसन सेन्टरमा अवैध हैसियतका विदेशी रहेको बताइएको छ ।

कुवेतले सन् २०१८ मा ३४ हजार र सन् २०१९ मा ४० हजार विदेशी कामदारलाई विभिन्न नियम उल्लंघन गरेको आरोपमा स्वदेश फर्काएको थियो । कुवेतमा ३ हजार नेपाली अवैध अवस्थामा रहेको अनुमान छ । शुरुमा ७ हजार अवैध नेपाली रहेको अनुमान गरिएकोमा कोरोना महामारीको संक्रमण २ हजार ९ सय नेपाली आममाफीको प्रक्रियामा सहभागी भई स्वदेश फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *