बिहेको एकदिन अघि श्रीकृष्णलाई सम्झदै Sweta Khadka ले फेसबुकमा यस्तो लेखिन् । जसले सबैलाई रुवायो

समाचार

बिहेको एकदिन अघि श्रीकृष्णलाई सम्झदै Sweta Khadka ले फेसबुकमा यस्तो लेखिन् । जसले सबैलाई रुवायो



याे समचार पनि पढ्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा तस्विरले विवाद सिर्जना गरेको छ । सात वर्षअघिको उपाध्यक्ष वामदेव गौतमले बाटो काटेको तस्विर फेसबुकमा राखेर गौतमको आलोचना गर्दै स्टाटस लेखेका हुन् ।

यसअघि, उनको कार्यशैलीको सचिवालय बैठकमै विरोध भएको थियो । थापाले यस्तो स्टाटस लेखेपछि उपाध्यक्ष वामदेव गौतमको सचिवालयका सदस्य विश्वमणि सुवेदीले थापालाई काउण्टर जवाफ फर्काए । ‘सूर्य थापा भन्ने केटो, जसको काम–पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो । त्यसले नेकपा उपाध्यक्ष क.वामदेव गौतमको ७ वर्ष पुरानो फोटो हालेर उहाँमाथि एउटा संक्षिप्त, तर गम्भीर टिप्पणी गरेको छ’, सुवेदीले थापाको चरित्रबारे लेखेका छन्, ‘उक्त फोटोमा कुनै हतारोको समयमा असावधानीपूर्वक बाटो काटिएको देखिन्छ । जसप्रति उहाँले तत्कालै क्षमा मागिसक्नुभएको छ । सवाल फोटोको होइन, मुलुकका प्रधानमन्त्रीको प्रेस सल्लाहकारको बिल्ला भिरेर पार्टी उपाध्यक्षका विरुद्ध सामाजिक सञ्जालमा टिप्पणी लेख्ने नियतको हो ।’

यस्तो छ सुवेदीले लेखेको स्टाटस :

साथीहरु,

सूर्य थापा भन्ने केटो, जसको काम–पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो । त्यसले नेकपा उपाध्यक्ष क.वामदेव गौतमको ७ वर्ष पुरानो फोटो हालेर उहाँमाथि एउटा संक्षिप्त, तर गम्भीर टिप्पणी गरेको छ । उक्त फोटोमा कुनै हतारोको समयमा असावधानीपूर्वक बाटो काटिएको देखिन्छ । जसप्रति उहाँले तत्कालै क्षमा मागिसक्नुभएको छ । सवाल फोटोको होइन, मुलुकका प्रधानमन्त्रीको प्रेस सल्लाहकारको बिल्ला भिरेर पार्टी उपाध्यक्षका विरुद्ध सामाजिक सञ्जालमा टिप्पणी लेख्ने नियतको हो ।

सूर्य थापा को हो, जसले पार्टी उपाध्यक्षदेखि उसलाई मन नपरेका नेताबारे भनेकै बेलामा, भनेकै भाषा–शैलीसहित गाली गलौज गर्न पाउने ? पार्टीको केन्द्रीय सदस्यले नेताविरुद्ध जहाँ पनि, जसरी पनि टिप्पणी गर्न पाउने अधिकार कहाँबाट पायो ? ०७४ को चुनावमा वामदेवलाई हराउन मतियारी गरेका आधार, प्रमाणसहित पार्टीमा उजुरी परेको छ । त्यसउपर कारवाही हुनुपर्छ भन्ने पुरानै माग फेरि फेरि दोहोरिने नै भयो । तर, त्यस्तो मान्छे प्रधानमन्त्रीको सल्लाहकार बनाएर राखिएको छ । यो सरकार अलोकप्रियता हुनु, प्रधानमन्त्रीमाथि अवाञ्छित टिप्पणी हुनुको ठूलो हिस्सा त्यही सूर्यले ओगटेको छर्लङ्ग छ । कहिले ट्वीटर ह्याण्डलबाट प्रधानमन्त्रीलाई बद्नाम बनाउने, कहिले विभिन्न व्यक्तिमाथि टिप्पणी गर्दै प्रधानमन्त्रीलाई आलोचित बनाउने, दिनरात विभिन्न नियुक्तिका बार्गेनिङ चलाएर दलाली गर्ने र प्रधानमन्त्रीप्रतिको दृष्टिकोण खराब बनाउने यस्ता घटिया मान्छेलाई त्यो सम्मानित दर्जामा किन राखिएको हो ? यस्ता प्रश्न उठ्छन् नै । अनि, आफूबारे प्रश्न उठ्यो भनेर नेताविरुद्ध सामाजिक सञ्जालमा विष वमन गर्ने कि प्रश्नका जवाफमा लाग्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *