इन्द्रेणीमा अब धुम मच्चाउने पालो बन्दनाको ! राजु पारीयार र पशुपती शर्मा सित भिड्छु भन्दै आइन bandana

समाचार

इन्द्रेणीमा अब धुम मच्चाउने पालो बन्दनाको ! राजु पारीयार र पशुपती शर्मा सित भिड्छु भन्दै आइन bandana




याे समचार पनि पढ्नुहोस्

नेकपा सचिवालय बैठक सुरु हुनुभन्दा अगाडि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच २० मिनेट वार्ता भएको छ । २० मिनेटको छलफलपछि अध्यक्ष ओली सचिवालय बैठकमा सहभागी हुन सहमत भएका छन् ।

असहमति बैठकमै छलफल गरौँ भन्ने प्रचण्डको आग्रहलाई स्वीकार गर्दै ओली सचिवालय बैठकमा सहभागी भएको प्रचण्डका प्रेस सल्लाहकार विष्ण सापकोटाले जानकारी दिए । बुधबारको बैठकमा भने अध्यक्ष ओली उपस्थित भएका थिएनन् । ओली बुधबारको बैठकमा आउने सहमति जनाए पनि उपस्थित नभएपछि बैठक शनिबार १ बजेका लागि सारिएको थियो ।

आज बालुवाटारमा ओली र प्रचण्डबीचको एक्लाएक्लै भएको भेटपछि ओली बैठकमा सहमागी हुन तयार भएका हुन् । ‘२० मिनेटको छलफलमा प्रचण्डले ओलीलाई बैठकमा ल्याउन सहमत गराउनुभयो । असहमति बैठकमै छलफल गरौँ भन्ने प्रचण्डको आग्रह ओलीले स्वीकृत गरेपछि बैठकको वातावरण बन्यो,’ उनले भने । स्थायी कमिटीको विषय पनि सचिवालय बैठकबाटै निर्णय गर्नपर्ने पनि प्रचण्डले ओलीलाई आग्रह गरेका छन् ।

२५ दिनको सम्वादहिनतालाई तोड्दै उनीहरूले शनिबार छलफल गरेका हुन् । २५ कात्तिकयता उनीहरूबीच भेटवार्ता भएको थिएन । दुई अध्यक्षबीच भेटवार्तालगात्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक चलिरहेको छ । ओलीलगायत सचिवालयका सबै नेताहरू बैठकमा सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

ओली र प्रचण्डबीच छलफलको वातावरण बनाउन आज बिहान स्थायी कमिटी सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रचण्ड निवास खुमलटार पुगेका थिए । त्यस्तै, दुवै अध्यक्षको सम्बन्ध सुधारका लागि शुक्रबार पार्टी महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल र वर्षमान पुनबीच छलफल भएको थियो ।

आजको बैठक १३ मंसिरमा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत २८ कात्तिकमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनका सम्बन्धमा बैठक केन्द्रित रहने बताइएको छ । दुवै अध्यक्षका प्रस्ताव साझा बनाएर स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठकमा लाने वा अलगअलग रूपमा लाने भन्नेबारेमा नेताहरूबीच विवाद देखिएको छ ।

सचिवालय बैठक लम्बिएसँगै १८ मंसिरका लागि तय गरिएको स्थायी कमिटी बैठक २१ मंसिरसम्मका लागि सरेको छ । २५ मंसिरमा केन्द्रीय कमिटीका बैठक बस्ने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *