म बाँच्न चाहान्छु सम्भव हुनेले सहयोग र सहयोगी मनसम्म पुर्याउन सेयरको अपिल गर्दछु

समाचार




गरीबीले थिचेपछि दार्चुला जिल्ला सुनसरा वडा नं. ४ का फोरसिंह बिष्ट आजभन्दा एक बर्ष अघि वैदेशिक रोजगारीको शिलशिलमा मलेसिया उडे । सन् २०१९ नोभेम्बर १३ तारिखमा मलेसिया उडेका उनी सेक्युरिटी गार्डको कामका लागि गएका थिए । त्यसका लागि सबै गर्दा ४ लाख रुपैयाँ बढी नै ऋण लागेको थियो ।

पहिलेपनि बालबच्चा पाल्नका लागि ऋण बढ्दै गएपछि उनी विदेश जानु परेको थियो । तर जहाँ कमजोर त्यही पहिरो भने झै उनैमाथी आपत आइलाग्यो । मलेसिया पुगेको एक महिना नवित्दै खुट्टाको न’शा च्या’पियो । न’शा च्या’पिएका कारण खुट्टाको सबै भागमा रक्त सञ्चार हुन नसक्दा खुट्टाको तलको भागबाट बि’ग्रिदै गयो ।

उनी अस्पताल भर्ना भए । अस्पतालले बि’ग्रिएको भाग नि’काल्नै पर्छ भन्दै २ वटा औला निकालिदियो । त्यही बेला कम्पनीले जागिर गएको सूचना दियो । यता म्यानपावरमा सम्पर्क गर्दा म्यानपावर टाट पल्टिएर बन्द भएको सूचना पाए । अब उल्ट्रै अस्पतालको उपचार खर्च समेत उनैले तिर्नुपर्ने भयो । कामदारले औषधि उपचार खर्च तिर्नुपर्ने देखेपछि अस्पतालले पूरा उपचार नगरी लागेको खर्च असुलेर नेपाल जान भन्यो ।

कमाउँन गएका उनी अपाङ्ग भएर नेपाल उत्रिए । उपचारका लागि अनेकौँ अस्पताल धाए । केही अस्पतालले क्यान्सर हो भनिदिए । तर अन्तिम पटक भक्तपुर क्यान्सर अस्पताल पुग्दा क्यान्सर हैन । न’शा च्या’पिएको हुनसक्छ भनियो । शिक्षण अस्पताल महाराजगञ्जमा सबै परीक्षण गर्दा एकिन भयो की खुट्टा बि’ग्रिदै जानुको कारण नाशा च्यापिएकै कारण हो । यसैले अब धेरै ढिला भइसकेको छ ।

बाग्रिएका अरु केही औला निकाल्नु पर्छ । कम्मर भन्दा तलसम्म अर्को खुट्टाको एउटा न’शा ल्या’एर राख्नुपर्छ अप्रेशन निक्कै जटिल छ । अप्रेशन चाँडै नगरे फैलिदै गएर जीवन जानपनि सक्छ । १० लाख धरौटी राख्नुस् भनेर शिक्षण अस्पतालले भनिदिए । तर उनीसँग त उनको दुर्गमको घरमा एक छाक खाने खाना समेत छैन ।

काठमाडौमा अर्कैका साहारामा बसेका छन् । लागेको ऋणको पहाडले अत्यास बनाएको छ । अब कसरी पार पाउने उनी एकदमै निराश छन् । नेपाली दाजुभाईको सानो सहयोगले आफु बाँच्ने र खुट्टा जोगिएपछि आफ्ना चार जना बालबच्च बचाउने आशा उनले राखेका छन् ।

यसैले उनले सहयोगको अपिल गरेका छन् । यो सबै कहानी भिडियोमा देख्नसक्नुहुनेछ । त्यहाँ उनको आफ्नै खाता नम्बर र सम्पर्क नम्बर राखिएको छ । प्राविधिक रुपले सम्भव हुनेले सहयोग गरिदिनुहोला । टाढा हुनुहुन्छ । नेपाल पैसा पठाउँन गाह्रो छ । भने सेयर गरेर सम्भव हुने सहयोगी मनसम्म पुर्यादिनुहोला ।
उहाँको सम्पर्क नम्बर र खाता .नम्बर तल राखिएको छ ।

जनवाेलि बाट साभार गरिएको हो

Name :- phour Sing Bisth
Bank Name :- sunrise bank limited nepal
Account No :- 0660642285205001
Branch :- Darchula
Contact No :- 9845369541

सबैको जानकारीको सेयर गर्नुहोस !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *