सडकमै हिरो आकाश श्रेष्ठले गरे सपनालाई भव्य स्वागत, आफनै हातले खुवाईन हजारौलाई मासु भात

समाचार

सडकमै हिरो आकाश श्रेष्ठले गरे सपनालाई भव्य स्वागत ! आफनै हातले खुवाईन हजारौलाई मासु भात



याे पनि पढ्नुहोस्

संघीय संसदको संसदीय सुनुवाइ समितिले समानुपातिक र समावेशी रूपमा संवैधानिक निकायमा हुने नियुक्ति नहुने गरेको भन्दै त्यसका लागि कानुनी व्यवस्था गर्नका लागि निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले समानुपातिक र समावेशी रूपमा संवैधानिक र राजनीतिक पदहरूमा हुने नियुक्ति गर्नका लागि विधेयक ल्याउन निर्देशन दिएको हो ।

समिति सभापति लक्ष्मणलाल कर्णले बिहीबारको समिति बैठकमा भने, ‘संवैधानिक र राजनीतिक नियुक्तिहरू समानुपातिक, समावेशी भएनन् भन्ने प्रश्न उठिरहेका छन् । समानुपातिक, समावेशी कसैको पक्षपातपूर्ण नहोस् भनेर कानुन नै बनोस् भनेर समानुपातिक समावेशी सम्बन्धित संविधानको प्रस्तावना र संविधानको मौलिक अधिकारको धारा ४२ मा गरिएको व्यवस्थाअनुसार विधेयक ल्याउनका लागि निर्देशन दिइएको छ ।’

त्यस्तै, समितिले संवैधानिक आयोगहरूमा रहेका रिक्त पद पूर्तिका लागि सरकारलाई निर्देशन दिएको छ । महिला, दलितलगायतका आयोगहरू स्थापना भएदेखि पदाधिकारी र सदस्य नियुक्ति नभएका तथा केही आयोगमा अध्यक्ष मात्रै नियुक्त गरे र बाँकी पद रिक्त रहेकाले ती पद पूर्तिका लागि अविलम्ब नियुक्ति गर्न समितले सरकारलाई भनेको हो ।

समिति बैठकमा प्रधानमन्त्रीका प्रतिनिधि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री नेतृत्वको संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिका कारण कोरम नपुग्ने गरेको भनेपछि सभापति कर्णले कोरम पुर्‍याउने कुरा समितिमा नगर्न भनेको थियो । ‘संविधानमा भएका निकायहरू, संवैधानिक आयोग जबसम्म पूर्ण हुँदैनन् तबसम्म संविधानको कार्यान्वयन पूरा हुँदैन,’ कर्णले समितिले दिएको निर्देशनबारे भने, ‘त्यसैले, अहिलेसम्म महत्त्वपूर्ण संवैधानिक आयोगहरू महिला, दलित, जनजजाती खाली रहेका छन् । निर्वाचन आयोग, मानवअधिकार आयोग, अख्तियारमा पदहरू खाली भएकाले अविलम्ब सरकारले पूर्णता दिइकन संविधान कार्यान्वयनलाई पूरा गर्न भनेर निर्देशन दिइएको छ ।’

समितिले तीन पटक बोलाउँदा पनि प्रधानमन्त्री नआएको प्रति असन्तुष्टि जनाएको छ । यसअघि पनि प्रधानमन्त्रीलाई दुई पटक बोलाइएको थियो । आउँछु भन्ने तर नआउने गरेको सभापति कर्णले बताए । अन्तिम समयमा यसपटक पनि प्रतिनिधिका रूपमा मन्त्री ज्ञवालीलाई प्रधानमन्त्रीले पठाएका थिए ।

त्यसैले, समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि बैठकमा आउन आग्रह गर्ने निर्णय गरेको छ । ‘प्रधानमन्त्रीको प्रतिनिधि परराष्ट्रमन्त्रीलाई धन्यवाद दिँदै अझ काम बाँकी भएकाले प्रधानमन्त्रीलाई समितिसमक्ष निमन्त्रणा गर्ने निर्णय भएको छ,’ सभापति कर्णले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *