साउदी शेखको ठूलो घोषणा, २०२२ देखी श्रमिकको तलब वृद्धि हुने

समाचार

तेल उत्पादनको हिसाबले मात्रै नभएर अरब राष्ट्रको हिसाबले समेत शक्तिशाली रहेको साउदी अरबले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलबलाई पुन हेरफेर गर्न राजी भएको समाचार आएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीको कुरालाई बिश्वास मान्ने हो भने साउदी अरबले छिट्टै नै अप्रावासी कामदारको तलबमा वृद्धि गर्ने छ । जसमा दक्ष ,अर्ध दक्ष र अदक्ष कामदार संगै घरेलु कामदार समेत पर्ने छन् ।

साउदी अरबले कति प्रतिशत सम्म तलब वृद्धि गर्छ भन्ने अनुमान लगाउदै अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार हाल खाई रहेको तलबमा १० प्रतिशत सम्म तलब वृद्धिको प्रस्ताव रहेको बताइएको छ ।

जुन वृद्धि तलब सरकारी तथा प्राइभेट सेक्टरमा काम गर्ने अप्रावासी कामदारहरु सबैमा लागू हुने बताइएको छ ।प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलबमा हेरफेर गर्ने भएको बताइएको छ । यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ । तर साउदी अरबको सरकारले कहिले देखि र कति तलब वृद्धि गर्ने भन्ने कुरा अझै खुलाएको छैन ।

साउदी राजकुमार बिबिएसले अमेरिका संग सम्बन्ध सुधरको कामलाई अगाडी बढाउदै अन्तर्राष्ट्रिय नियम र कानुन बमोजिम साउदीलाई लागि रहेको अवस्थामा अप्रवासी कमदारको तलब वृद्धिको समाचार सत्य हुनेमा जानकार बताउछन् । बागमती अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *