बधाई ! अर्काको घरमा भाडा माझ्दै हुर्काएकाे छाेरा बन्याे ‘इन्डियन बेस्ट डान्सर’ (बधाई दिनुहाेला)

समाचार

बधाई ! अर्काको घरमा भाडा माझ्दै हुर्काएकाे छाेरा बन्याे ‘इन्डियन बेस्ट डान्सर’



इन्डियन बेस्ट डान्सर’ को उपाधि टाइगर पप उर्फ अजय सिंहले जितेका छन् । आफ्नो अभिनयबाट दर्शकको मनमा बसेका अजय सिंहले मुकुल गैन,श्वेता वारियर्स, परमदिप सिँहलाई पछि पार्दै ‘इन्डियन बेस्ट डान्सर’ २०२० काे टाइटल जितेका हुन् ।

प्रतियाेगितामा मुकुलले दाेस्राे स्थान र स्वेताले तेस्राे स्थान हासिल गरेका छन् । टाइटल जितेका अजयले ट्रफिको साथमा १५ लाख पैसा र विटारा ब्रीजा कार उपहार स्वरुप जितेका छन् ।

उनले एक अन्तर्वातामा भनेका छन् ‘गुरुग्रामबाट यही सपना बोकेर म मुम्बई आएको थिएँ । मलाई जसरी पनि यो सो जित्नु थियो । मलाई यो सपना पुरा गर्नको लागि धेरै सघर्ष गर्नु पर्यो । मैले यो सोबाट निकै मिठो अनुभव लिएको छु ।

सुरुमा मलाई कलेज र स्टेजका मानिसहरुले मात्र प्रसंसा गर्थे अहिले मलाई देशले नै प्रसंसा गर्छन । अडिसनको समयमा आमाको सिर झुकेको थियो । जुन दिन मैले निते त्यो दिन पनि आमाको सिर झुकेको थियो । उनी निकै साधारण छिन् । उनी अर्काको घरमा भाडा माझने काम गर्थिन । अब म त्यो काम गर्न दिनन । मैले ट्रफी जितेर घर पुग्दा आमा धेरै रोएकी थिइन् ।

याे समचार पनि पढ्नुहोस्

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती समाचार प्रसारण संस्था बीबीसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएपछि उनको चर्चा एकाएक चुलिएको छ।

सपना पछिल्लो समय पशुपतिमा बेवारिसे शव जलाउने काम गर्थिन्। बीबीसीले मंगलबार सार्वजनिक गरेको सूचीमा उनको नाम विश्वको प्रभावशाली महिलामा समावेश भएको थियो।

परिचय नखुलेका बेवारिसे शवको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उनको भनाई छ।

हालसम्म उनले सयभन्दा बढी बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छन्। उनी शवलाई हिन्दु परम्पराअनुसार आफै दागबत्ती दिएर अन्तिम संस्कार गर्छिन्।

कुनै बेला सडकको खुला आकाशमुनि जीवन बिताएकी सपना सडकले नै समाजसेवामा आउन प्रेरित गरेको बताउँछिन्। उनीसँग तेजन खड्काले गरेको छोटो कुराकानी।

बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा पर्नुभयो, कस्तो अनुभव भइरहेको छ?

एकदमै खुसी लागेको छ। मैले सोचेको पनि थिईन्। विश्वका सय महिलामध्ये म पनि पर्न सफल भएछु। एकदमै उत्साहित छु। यो सम्पूर्ण टिमको सफलता हो। हामीले विगतदेखि गर्दै आएको कामको मूल्याङ्कन गरेर यो स्तरसम्म पुर्‍याउन सहयोग गरेको छ, बीबीसीले। यसका लागि धन्यवाद दिन चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *