Shadow

आर्थिक

बार्षिक ५० हजार बजाज मोटरसाइकल उत्पादन गर्दै गोल्छा ग्रुप,पार्टपुर्जा समेत नेपालमै बनाउने तयारी

बार्षिक ५० हजार बजाज मोटरसाइकल उत्पादन गर्दै गोल्छा ग्रुप,पार्टपुर्जा समेत नेपालमै बनाउने तयारी

आर्थिक, समाचार
नेपालको ठूलो व्यवसायिक घरना गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलास प्रालिले नेपालमै बजाज मोटरसाइकलको पार्टपुर्जा उत्पादन गर्ने तयारी गरेको छ । निकट भविष्यमै कम्पनीले विदेशी प्राविधिक तथा टेक्निसियन ल्याएर पार्टपुर्जा उत्पादन गर्ने गृहकार्य थालेको हो । हाल गोल्छा ग्रुपले बजाज बाइकको एसेम्बल उत्पादन गर्दै आएको छ । नवलपरासीमा रहेको उद्योग मार्फत बार्षिक ५० देखि ६० हजार भन्दा बढी मोटरसाइकल उत्पादन हुँदै आएको गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छाले जानकारी दिए । ‘हाल विदेशबाट पार्ट्स ल्याएर मोटरसाइकलको एसेम्बिलङ मात्रै भइरहेको छ जसको कारण मूल्य घट्न सकेको छैन तर, निकट भविष्यमै नेपालमै मोटरसाइकका लागि आवश्यक पार्टपूर्जा नेपालमै उत्पादन गरेर ‘लोकलाइज’ गर्ने तयारीमा छौं’ गोल्छाले भने । नेपालमै पार्टपूर्जा उत्पादन हुन लागेपछि ग्राहकले सस्तोमा मोटरसाइकल खरिद गर्न पाउने र अहिले भइरहेको सेवा र...
अटो चलाएरै सन्तानलाई डाक्टर बनाउन सफल कञ्चनपुरकी गोमा

अटो चलाएरै सन्तानलाई डाक्टर बनाउन सफल कञ्चनपुरकी गोमा

आर्थिक
महेन्द्रनगर – कार्तिक–जीवनकालको ४२ औँ वर्षमा अटोचलाइरहेकी कञ्चनपुरकी गोमा (डगौरा) चौधरी अझै जीवन सङ्घर्षमय बित्ने बताउँछिन्। जब, पुर्नवास नगरपालिका अमर बस्तीबाट १६ वर्षको उमेरमा उनको भीमदत्तनगरपालिका २ भाषिका धनबहादुर चौधरी सँग विवाह भयो, कमजोर आर्थिक अवस्थाले जीवन जिउन नसकिने उनमा निराशा छायो। एकातिर घरपरिवार र कोखबाट जन्मिने सन्तानको भविष्यको विषयले औधी चिन्तित उनी । आफ्नो जीवनभन्दा सन्तानको जीवन एकदमै सुधारात्मक होस् भन्ने चाहना बोकेर उनले जीवनको सुरुवाती सामान्य साइकल बाट सुरु गरिन्। साइकलमा मालसामान बोक्दै १५ वर्ष उनले वितत गरिन्। उक्त अवधिमा दुई सन्तानकी आमा बनिसकेकी थिइन गोमा । साइकलमा मालसामान बोकेर विक्रेताकहाँ पु¥याउदै गर्दा उनका श्रीमानले सामान्य पसल समेत थापेका थिए। पसलको कारोबार र साइकलमा सामान ओसार–पसार गर्दे छोरी सरिता चौधरीलाई महेन्द्रनगर स्थित बालजागृती विद्यालयमा...