मलेसियामै अर्का एक नेपालीको मृ’त्यु ! मृ*त शरीर पनि नेपाल पुग्न पाएन् , मलेसियामै अन्त्येष्ठि गरियो

समाचार

कोरो’ना सक्र’मणवाट ज्यान गुमाएका एक नेपालीको आज मलेसियामा अन्त्येष्टि गरिएको छ । संखुवासभा जिल्लाको भोटेखोला गाउँपालिका वडा न २ गुम्वा घर भई

मलेसियामा विगत ५ वर्षदेखि सेक्युरिटि गार्डमा कार्यरत ४२ वर्षिय ठिलेन भोटेको आज अन्त्येष्ठि गरिएको हो । क्वालालम्पुरको सेन्तुलमा अफिस भएपनि उनी आम्पाङमा कार्यरत थिए । सोहि वेलानै उनमा को’रोना सक्रमण देखिएको साथीहरुले जानकारी गराएका छन ।

को’रोना सक्रमण देखिएपछि कम्पनीले सलायाङ अस्पतालमा लगेर उपचार गराईरहेकामा अगष्ट ९ तारिखका ठिलेनको मृ’त्यु भएको थियो । उनको परिवारमा वुवा आमा भाई श्रीमती एक छोरा एक छोरी रहेका छन ।
छोरा अहिले रोजगारीको लागि दुवईमा छन भने श्रीमती र छोरी दाजीलिङमा वस्दै आएका छन ।

वुवाआमा र भाई संखुवासभामा छन । मृतकको घरपरिवारले मन्जुरीनामा दिएपछि आज अन्त्येष्ठि गरिएको र उनले काम गर्दा कम्पनीवाट लिनु पर्ने वाकि रकम र अन्य केहि सहयोग समेत संकलन गरेर नेपाल पठाईने एनआरएनए मलेसियाका आईसिसि सदस्य विरेन्द्र कुमार नेगीले जानकारी गराए ।
रास्ट्रडेली बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *