संसदमा कुलमानलाई सांसदहरुले यस्तो भनेपछि हेर्नुहोस्, संसद बैठकमा कसले के – के भने त ? (भिडियो हेर्नुहोस्)

समाचार

संसदमा कुलमानलाई सांसदहरुले यस्तो भनेपछि हेर्नुहोस्, संसद बैठकमा कसले के – के भने त ? (भिडियो हेर्नुहोस्)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको स्वागत गर्दै प्रभावकारी कार्यान्वयमा जोड दिएको छ।

मौद्रिक नीतिले कोभिडपछिको पुनरूत्थान, उद्यमशीलता विकास र साना तथा मझौला उद्यमको प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने देखिएको भन्दै महासङ्घले आव २०७७/७८ मा दिएका पुनरकर्जा, पुनरसंचना तथा पुनतालिकीकरणलगायत कतिपय सुविधालाई नै निरन्तरता दिइएकाले पुनरूत्थानमा सहयोग पुग्ने विश्वास लिएको छ।

रु एक करोडभन्दा कमको ऋण लिने साना तथा मझौला उद्यमीलाई आधार दरमा अधिकतम दुई प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्थाले उद्यमीलाई कर्जासम्मको पहुँच सहज बनाउने महासङ्घको भनाइ छ।

बैंक तथा वित्तीय संस्थाले २०७९ असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात अधिकतम ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरी विद्यमान कर्जा–स्रोत परिचालन अनुपातसम्बन्धी व्यवस्था खारेज गर्ने व्यवस्थाले बजारमा तरलता प्रवाह बढ्ने छ। चालु आर्थिक वर्षमा तरलतामा चाप पर्ने देखिएकाले तारलता व्यवस्थापन गर्न महासङ्घले केन्द्रीय बैंकलाई सुझाएको छ।

भुक्तानी कारोबारमा विद्युतीय माध्यमको प्रयोगलाई प्रवद्र्धन गरी नगद कारोबार न्यूनीकरण गर्दै लगिने विषय स्वागतयोग्य रहेको ठहर गर्दै महासङ्घले विद्युतीय भुक्तानी कारोबारमा लाग्ने शुल्क परिमार्जन गरिने र सिमा बढाउने व्यवस्थाले सुशासन कायम गर्न मद्दत पुग्ने उल्लेख गरेको छ। यसैगरी इकेवाइसीको व्यवस्थाले पनि सर्वसाधारणलाई सहज बनाउने महासङ्घको टिप्पणी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *