मलेसियामा भा’गेर काम गरेका बिष्टको मृ’त्यु पछी श’ब ल्याउन कठिनाइ !! उतै अत्ये’ष्ठि गरियो !! हार्दिक श्रन्दांजलि

समाचार

ज्यान गुमाएका एक नेपालीको विहिवार मलेसियामा अत्येष्ठि गरिएको छ । खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका वडा नम्बर ५, चिप्रुङका रन बहादुर बिष्टको मलेसियाको चेरासमा हिन्दु परम्परा अनुसार अन्त्ये’ष्ठि गरिएको हो ।

अवैधा’निक रहेका विष्ट जुलाई १ तारिखदेखि मलेसियाको सेलाङ्गर तामिनजयाको एक होटलमा काम गर्दै आएका थिए । होटलमै बसेको ठाउँमै अच्चानक बेहोस भएर ढलेपछि जुलाई ३१ तारिखमा उनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचार भैरहेको अवस्थामा उनको मृ’त्यु भएको हो । श’वलाई नेपाल पठाउनको लागि नेपाली जनसम्पर्क समिति मलेसियाले पहल गरिरहेको भएपनि पोस्टमा’र्टम रिपो’र्टमा कोरो’ना पोजि’टिभ देखिएपछि श’व नेपाल पठाउन सकिएको थिएन ।

नेपालवाट श’वलाई मलेसियामै अन्त्येष्टि गर्नको लागि परिवारले मन्जुरी दिएपछि उनको मलेसियामै अन्त्येठि गरिएको जनसम्पर्क समितिका सल्लाहकार राम कुमार चामलिङ्ङ राईले राष्टडेलीलाई जानकारी गराए ।

होटल संचालक रोहित तामाङले राष्टडेली संग भने म कहाँ आउदा उहाँ विरामि जस्तै हुनुहुन्थ्यो धेरै ठाउँमा उपचार पनि गराए उहाँमा सुगर र प्रेसर रहेछ तर निको हुनु भएन, अचानक वसेको ठाउँमा ढल्नुभयो अस्पताल लगियो तर पनि बचाउन सकिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *