अति भो भन्दै DSP र Inspector उत्रिए सडकमा | हर्न बजाउने र माक्स नलाउनेलाई धमाधम का’रबाही (भिडियो हेर्नुहोस)

समाचार

“काठमाडौँ उपत्याकामा कोरोना संक्रमण फैलन नदिन बिहीबारदेखि राति ८ बजेपछि अत्यावस्यक वाहेकका सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

उपत्याकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेका हुन् । रातको समयमा पैदल यात्राका लागि भने प्रशासनले कुनै रोकतोक लगाएको छैन ।

निजी तथा सार्वजनिक सवारीमा रोक लगाए पनि पैदलयात्रुका लागि भने प्रशासनले भीडभाड नगरिकन आवागमन गर्न पाइने भनेको छ । “भीडभाड नहोस् भनेर सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

जहाँ भए पनि ८ बजेसम्म सबै सवारी गन्तब्यमा पुगिसक्नुपर्‍यो भनेका छौँ । भीडभाड नगरिकन पैदलयात्रुहरु भने आवतजावत गर्न सक्नेछन्”
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अन्नपूर्णसँग भनेका छन् ।

पछिल्लो समय कोरोना संक्रमणका बिरामी बढ्न थालेपछि सरकारले थप कडाइ गर्न थालेको छ। स्वास्थ्य मापदण्ड पालना गर्न पनि सरकारले आग्रह गरेको छ ।

गत साता प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश मार्फत अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेका थिए । साथै तेस्रो लहरका लक्षण देखिन थालेको भन्दै कोरोना नियन्त्रणका लागि सबैलाई सचेत गराएका थिए । यसवाहेक काठमाडौँ बाहिरका कतिपय जिल्लामा समेत कोरोना नियन्त्रणका लागि फेरि निषेधाज्ञा लगाउन थालिएको छ ।”

अति भो भन्दै DSP र Inspector उत्रिए सडकमा | हर्न बजाउने र माक्स नलाउनेलाई धमाधम का’रबाही (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *