विद्युत् प्राधिकरणमा कुलमानको दोस्रो इन्ट्री, प्राधिकरणका कर्मचारीहरुले गरे भब्य स्वागत Kulman भिडियो हेर्नुहोस [जानकारीका लागि सेयर गराै]

समाचार

विद्युत् प्राधिकरणमा कुलमानको दोस्रो इन्ट्री, प्राधिकरणका कर्मचारीहरुले गरे भब्य स्वागत Kulman भिडियो हेर्नुहोस [जानकारीका लागि सेयर गराै]

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन्

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ ।

यो पनि विद्युत् प्राधिकरणमा कुलमानको ‘कमब्याक’, हितेन्द्र ऊर्जा आयोगमा कुलमानको नियुक्तिबारे बाबुराम भट्टराईको प्रतिक्रिया– कस्ता दिन आए !दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए ।

एक वर्षअघि उनको कार्यकाल सकिएसँगै पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि तत्कालीन केपी ओली सरकारले नियुक्ति दिएको थिएन

तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो। ओली सरकारको बहिगर्मनपछि प्राधिकरणमा फेरि कुलमानकै प्रवेश भएको हो ।

भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *