देउवाले यसरी ल्याए केपीले हटाएका Kulman Ghising ,कुलमान घिसिङ विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त (सेयर गराै)

समाचार

देउवाले यसरी ल्याए केपीले हटाएका Kulman Ghising ,कुलमान घिसिङ विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त (सेयर गराै)

भिडियो हेर्नुहोस्

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सोमबार नियुक्त भएका कुलमान घिसिङको आज अपरान्ह पदबहाली हुने भएको छ । उनी अपरान्ह पदबहालीका लागि तयारी अवस्थामा रहेको बुझिएको छ ।

मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई जल शक्ति आयोगमा लगिएको बुझिएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा घिसिङले नियुक्त पाएका हुन्

उनी यसअघि पनि प्राधिकरणको प्रबन्धक निर्देशक थिए । तर, केपी शर्मा ओली नेतृत्वको सरकारले उनको समयावधि थप्न मानेन ।घिसिङलाई प्राधिकरणमा ल्याउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि इच्छा देखाएका थिए । घिसिङ प्राधिकरणमा सफल कार्यकाल पूरा गरी गएका थिए । उनी निकै लोकप्रीय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *