तिर्थ गर्न हिँडेका देवी मन्दिरसम्म पुग्न पाएनन् : बाटैमा मृ’त्यु !

समाचार

संजय सहनी : रौतहटमा बोलोरो दु’र्घ’ट’ना हुँदा एक जना तिर्थालुको ज्या’न गएको छ भने ५ जना घा’इ’ते भएका छन ।

सोमवार बिहानै करिब ४ बजे बोलबम कावरिया तिर्थालु चढेको बलेरो पिकअप गाडी चन्द्रपुर १ नुनथर जाने बाटोको नहरमा दु’र्घ’ट’ना भएको हो । गाडीमा सवार २० जना तिर्थालुहरु मध्ये बारा गढिमाई न.पा. वस्ने अन्दाजी वर्ष ४५ कि मिना देवी कोईरीको मृ,त्यू भएको प्रहरीले जनाएको छ।

दुर्घ’ट’नामा परेर एक जना महिला बे’प’ता भएको बताईएको छ । वेप’ता महिला को खोजी भइहेको र कसैले देखेमा खवर गरीदिन प्रहरीले अनुरोध गरेको छ ।

बारा जिल्लाबाट बोलबम आएर बाग्मती नदिबाट जल बो’की फर्कने क्रममा ना ५ च ३१६६ नं. बलोरो पिकअप अनि’य’न्त्रि’त भई नहरबाट अन्दाजी ५० मिटर खसेको थियो ।

दु’र्घ’ट’नामा परि नहरमा खसेका १८ जनालाई प्रहरी कै सहयोगमा नहरबाट उद्धार गरेको छ । उद्दार गरिएको मध्येबाट ५ जना घाईतेलाई उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *