Exclusive: हितेन्द्रदेव शाक्य भन्छन् ओली मेरो भेना होइन | कुनै हालतमा राजीनामा दिन्, कुलमान बारे… भिडियो हेर्नुहोस (सहि कि गलत ?)

समाचार

Exclusive: हितेन्द्रदेव शाक्य भन्छन् ओली मेरो भेना होइन | कुनै हालतमा राजीनामा दिन्, कुलमान बारे… भिडियो हेर्नुहोस (सहि कि गलत ?)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
संसारको शास्वत नियम हो कि पुराना र बिग्रिएका सवारीमा सयर गर्दा गन्तव्यमा पुगिँदैन। बरु दुर्घटनामा परिन्छ। म्याद सकिएको औषधिले कुनै रोगको उपचार हुँदैन।

अनि जरा कुहिएको रूखले फल दिँदैन। अहिले हाम्रो देशको राजनीति बिल्कुल यही अवस्थामा छ। नेतृत्वमाथि असीम वितृष्णा व्याप्त छ। देशले खोजेको र नागरिकले अपेक्षा गरेको विकास कहिल्यै सम्भव भएन। सबैले देश लुट्ने, स्रोतसाधनको दुरुपयोग गर्ने तथा विरोधीहरूको कत्लेआम गर्ने मात्र सोचे। अब यिनै दलहरूबाट देशको विकास सम्भव छैन।

अझै पनि यी दलबाट त्यस्तो आशा राख्नु भनेको चाहिँ रत्नपार्कको भित्तामा गई उसकै भविष्य नभएको ज्योतिषीलाई १० रुपैयाँ दिएर आफ्नो भविष्य सोध्नु जस्तै हो। त्यहाँ भित्रका केही आशलाग्दा तथा युवा पुस्ता भन्नेहरू त झन् यति निरिह रहेछन्,

विचरा न नेतृत्वलाई देश र जनताका लागि हितकारी हुने हिसाबले पाल्न सक्छन्, न त निमोठेर फाल्न सक्छन्। धेरैले भ्रमपूर्वक सम्झिएको पुराना दलको दोस्रो पुस्ता त झन् भ्रष्ट, निष्प्रभावी र कायर प्रमाणित हुँदैछ। प्रजातन्त्र, बहुदल, लोकतन्त्र हुँदै गणतन्त्रसम्मको यात्राबाट देश कोल्टे फर्कने आशामा आमनागरिकलाई भुल्याइयो। देश कोल्टे होइन,

पूरै उत्तानो परेको छ। किनकि यहाँ चाहिने भन्दा निकै धेरै नेता तर आवश्यकता भन्दा निकै कम नेतृत्व कौशलता छ। ३० वर्षको प्रजातान्त्रिक परिवेशमा नेतृत्वमा बहुपक्षीय घोर असफलता पटक पटक प्रमाणित भएको भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *