मेलम्ची सखाप हुने ख’तरा । पहिरो गएको ठाउमा पुग्दा देखियो ड’र’लाग्दो दृश्य । धमाधम पहिरो खस्दै, हेलिकप्टर बाट (भिडियो हेर्नुहोस)

समाचार

मेलम्ची सखाप हुने ख’तरा । पहिरो गएको ठाउमा पुग्दा देखियो ड’र’लाग्दो दृश्य । धमाधम पहिरो खस्दै, हेलिकप्टर बाट (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
३५ अर्ब रुपैयाँ लगानी, २२ वर्षको मेहनत। एक रातमै आएको बाढीले चकनाचुर। मेलम्ची आयोजना फेरि अन्योलमा।

‘सपनाजस्तै बनेको’ मेलम्चीको पानी आफ्नै घरको धारामा झर्दा राजधानीवासीले पानीको दुःख अन्त्य भएको महसुस गरे। तर, त्यो खुसी धेरै दिन टिकेन।

मेलम्ची नदीमा असार १ गते आएको बाढीले आयोजनालाई क्षतविक्षत बनाएको छ। वर्षायाममा खोलामा बाढी आउनु स्वाभाविक हो। तापनि, यत्रो ठूलो राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा ‘सम्भावित जोखिम’तर्फ ध्यान नपुगेको यसले देखाउँछ।

किन भएन पुनर्निर्माण ?
बाढीले मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचनासम्मको आठ किलोमिटर बाटोको नामनिसाना छैन। बाटो नहुँदा मुख्य संरचनासम्म न कामदार पुग्न सकेका छन् न त तत्काल डोजर पुग्ने अवस्था नै छ। बाढीले क्षति पु¥याएको दुई साता बित्दा पनि पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन।

असार १ देखि ४ गतेसम्म भएको अविरल वर्षाले आयोजनामा नराम्ररी क्षति पुगेको हो। परियोजनाको सुरुवात बिन्दु, बाँध, अडिट सुरुङ, हेडवर्क्स, प्रवेश मार्ग, पुल र सुरु बिन्दुका संरचना क्षतिग्रस्त भएका छन्। मुख्य सुरुङमा क्षति नपुगेको होला भन्नेमा आयोजनाका कर्मचारीमा झिनो आशा छ। मुख्य सुरुङ बाढीले पुरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *