१२ हजार मानिसहरू सडकमा उतारेर केपी ओलीको श’क्ति प्र’दर्शन(भिडियो हेर्नुहोस्)

समाचार

१२ हजार मानिसहरू सडकमा उतारेर केपी ओलीको श’क्ति प्र’दर्शन(भिडियो हेर्नुहोस्)

काठमाडौँमा केपी शर्मा ओलीको समर्थनमा नेकपा एमालेका कार्यकर्ता युथ फोर्सका युवाहरूले १२ हजार को संख्यामा उपस्थित भइ सडकमै श’क्ति प्र’दर्शन गरेका छन्।

उनीहरूले केपी ओली अघि बढ साथ दिन तयार छौँ,माकुने चोर देश छोड जस्ता नाराहरू लगाउँदै सडक ठप्प पारेका छन्।युवा नेता महेश बस्नेतको नेतृत्वमा परिचालित यो भीडले काठमाडौँको सडक लाई पूर्ण रुपमा अवरुद्ध बनाएको छ।

प्रहरीकै अगाडि ट्राफिक नियमको उल्लंघन गर्दै हेल्मेट समेत नलगाईकन एकोहोरो हर्न बजाउँदै टिसर्ट र टोपी लगाएका युवाहरू केपी ओली जिन्दावाद,माधव कुमार नेपाल होसियार,देश छोड,युथ फोर्स जिन्दावाद,केपी वली आइ लभ इउ जस्ता नारा लगाइरहेका थिए।

अबको चुनावपछि माओवादीलाई भुगोलमा नभेटेपनि गुगलमा भेट्न सकिन्छ,भन्दै महेश बस्नेतले व्यङ्ग्य समेत गरेका छन्।

प्रतिनिधि सभाका सांसद तथा पूर्व उद्ध्योग मन्त्री,नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको अस्तित्व नै संकटमा पर्न लागेकोले अर्को निर्वाचनपछि निकै संकटको सामना गर्नुपर्ने बताउनुभयो।

राष्ट्रिय युवा संघ नेपालको शक्ति प्रदर्शनमा बोल्दै नेपाल कम्युनिस्ट आन्दोलन अबको दिनमा गम्भीर समीक्षा गरि अगाडि बढ्नुपर्ने बताउनुभएको छ।यसै सन्दर्भमा उहाँले आगामी चुनावमा माओवादी अब गूगलमा चाहिँ भेट्टाउन सकिने तर भूगलमा चाहिँ भेट्टाउन नसकिने भबिस्यबाणीसमेत गर्नुभयो।

प्रचण्डले नेतृत्व गरेको माओवादीले २०६४ सालमा २४० प्रत्यक्ष सिट मध्ये १२० सिट जित्न सफल भएको तर ७४ मा आइपुग्दा घटेर ३६ सिटमा आइपुगेको त्यो ३६ सिट र समानुपातीक १७ गरी ५३ सिट पनि केपी ओलीको बैशाखी टेकेर प्रचण्डले प्राप्त गरेको सविस्ता र प्रस्तुत गर्दै संघका इन्चार्ज समेत रहनुभएका सांसद बस्नेतले निबर्तमान प्रधानमन्त्री ओलीकै कारण २०७४ सालमा एमालेले १२१ सिट जित्न सफल भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीको नेतृत्वकै कारण प्रचण्डले एमाले लाई लु’ट्ने योजना असफल भएको भएको दावी गर्दै सांसद बस्नेतले प्रचण्डको पार्टी अध्यारो युगमा प्रवेश गर्ने तथा ओलीको पार्टी उज्यालो दिप भएर युग परिवर्तनमा अगाडी बढ्ने बताउनुभयो ।

माओवादी हिं’साको मा’नसि’कताबाट स्कुलिङ भएको र त्यसलाई ज’नयु’द्ध भनेर जतिसुकै लेपन लगाउन खोजेतापनी एमालेले लिएको शान्तिपूर्ण जनक्रान्ति जस्तो सहज नहुने समेत बताउनुभयो।एमालेले लिएको सिद्धान्त र माओवादीले अवलम्बन गरेको सिद्धान्त नै आपसमा मेल खाने अवस्था नभएको कारण ब्यबहारिक सहकार्य त्यति सहज नभएको दाबी समेत नेता बस्नेतले प्रश्तुत गर्नुभयो।

मनमोहन अधिकारीले आफ्नो गाउँ आफै बनाउँ, बृद्धभक्ता कार्यक्रम, असहाय भक्ता कार्यक्रमलगाय तका असंख्य जनमूखी तथा लोकप्रिय कार्यक्रम ल्याएको उल्लेख गर्दै उहाँले मनमोहनकै पालाको कार्यक्रमलाई पच्छ्याउँदै प्रधामनन्त्री केपी ओलीले सडक, शिक्षा, स्वास्थ्य, सुरुङ युग, रेल युग, ३९६ वटा अस्पतालहरु एकै दिन शिलान्यास भएको, धरहरा निर्माण, मेलम्चीको खानेपानी काठमाडौँमा आएको, दुई दर्जनभन्दा बढी सुरुङहरु निर्माणको क्रममा रहेको, सिके राउत, विल्पव जस्तालाई राज्यको मुल धारमा ल्याई शान्ति स्थापनालगायतका असंख्य कामहरु भइरहेको जानकारी गराउनुभयो।

उहाँले मन्तव्यकै क्रममा एमाले मान्छे र माओवादी बनमान्छे भएको तर्कसमेत प्रश्तुत गर्नुभयो। माओवादीको उग्रवाद तथा फाँसीवादको विरुद्ध युवासँघले हिजो पनि ल’डेको थियो र आज पनि ल’डि’रहने उल्लेख गर्नुभएको छ।प्रचण्डले संघिय सरकारमा प्रधानमन्त्री ओलीलाई दिएको विश्वासको मत फिर्ता लिएमा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री भएका सुदुरपश्चिम तथा कर्णाली प्रदेशका मुख्यमन्त्री पनि तत्काल हट्ने बताउनुभयो ।

त्यसैगरी नेताले बस्नेतले माधव नेपाल समूहलाई गुटगत गतिविधि गर्दै नहिँड्न पनि आग्रह गर्नुभयो। फेरि पनि गुटगत गतिविधि गर्दै हिँडेको पाइएमा आगामी दिनमा सहकार्य स्वीकार गर्न नसकिने समेत बताउनुभयो।

अबको कम्युनिष्ट पार्टीले संगठन निर्माण, सुदृढ, सचेतना विस्तार विचारधारको रुपमा सर्वहारा वर्गलाई गोलबन्दै गर्दै क्रान्तिको निम्ती संगठित शक्तिको रुपमा आत्मसात गरि अगाडी बढ्दै एमालेले जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शन सिद्धान्तको रुपमा लिएको समेत जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *