बिहे गरेको १३ वर्षपछि मेरो छोरा होइन भनेर श्रीमानले छोडेर हिँडे (भिडियो हेर्नुहोस्)

समाचार

भिडियो हेर्नुहोस्

मोरङ जिल्ला सुन्दर हरैँचा नगरपालिका वडा नं. १निवासी तुलशा पौडेलले आजभन्दा १३ वर्ष अगाडि सोही नगरपालिका वडा नं. १० स्थित देवी कुमार पौडेलसँग मागी बिहे गरेकि थिइन्।

उनका दुई छोरा समेत छन् तर अहिले उनकी श्रीमती माइती आएर दुई वर्षदेखि बसिरहेकी छिन्।आजभन्दा दुई वर्ष अगाडि उनको श्रीमान र जेठाजु समेत भएर उनलाई माइतीमा आएर छोडेका थिए।

उनले पहिले नै कान्छो छोरा तीन महिनाको पेटमा हुँदा पनि उनले फाल्नको लागि उनले निकै नै कर लगाएका थिए।उनीहरू सँगै अस्पताल गएका पनि रहेछन्।

अहिले उनको ठूलो छोरा र सानो छोरा सहित उनी माइतमा आएर बसिरहेकी छिन्। उनले अब श्रीमान सँग बस्न नसक्ने र चाँडै नै डिभोर्स गर्न तयार भएको पनि उनले बताएकी छिन्।

छोराहरूले आफूले पाउनुपर्ने अधिकार पाउनुपर्ने र उनीहरूकै लागि पालनपोषण र उनीहरूको भविष्यको लागि भनेर अहिले उनी अधिकार खोजीरहेकी छिन्।उनी अहिले ३१ वर्षकी भइन् र उनको श्रीमान ४० वर्षको भएका छन्।उनले आफ्नो श्रीमान पहिले विदेश हुँदा देखि नै विभिन्न केटीहरूसँग लागेर आफूलाई सताउने गरेको पनि बताएकी छिन्।

उनले थाहा पाएका एकदुई जनाको नाम समेत उल्लेख गर्दै उनीहरू सँग आफ्नो श्रीमान लागेको आरोप लगाएकि छिन्।उनको अनुसार आफ्नो श्रीमान केटी भनेपछि अत्यन्तै लिप्त भएको र दस बर्ष देखि माथि सत्तरी वर्ष भन्दा मुनीका जस्तासुकै केटी भए पनि लाग्न तयार हुनेखालको स्वभाव रहेको उनले बताएकी छिन्।भिडियो:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *