यी हुन् बच्चा जन्माउने पहिलो पुरुष, तीन पटक भए सुत्केरी !

रोचक

विज्ञानले नयाँ नयाँ खोजको विकास गरेको छ । कसैको कल्पनामा पनि नभएका कुराहरु विज्ञानले सम्भव तुल्याइदिएको छ ।




सन्तान जन्माउने विषयमा पनि विज्ञानले यस्तै आश्चर्यजनक कुरा सफल सावित गरेको छ । अष्ट्रेलियाका एक पुरुषले तीन तीन पटक सुत्केरी भएर बच्चा जन्माएका छन् । बच्चालाई जन्म दिने व्यक्ति ट्रान्सजेन्डर पुरुष हुन्। विश्वको पहिलो गर्भवती यी पुरुषले तीन बच्चा जन्माइसकेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार थोमस बैटीले सन् २००७ मा पहिलो पटक गर्भवती पुरुष बनेका थिए । उनले यो काम गरेर ट्रान्सजेन्डर पुरुष जो सँग महिला प्रजनन अंग छ उनले एक बच्चालाई सजिलै जन्माउन सक्छन् भन्ने प्रमाणित गरेका छन् ।

यस लिंग परिवर्तनमा हर्मोन टेस्टोस्टेरोनको पनि प्रयोग गरिएको छ, जसमा एक महिलाको आवाज पुरुषको जस्तो ठूलो हुन्छ । यो टेस्टोस्टेरोन हर्मोनको मद्दतबाट प्रजनन तन्त्रमा पनि परिर्वतन गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् । बच्चाको जन्म दिने यी व्यक्तिले टेस्टोस्टेरोन हर्मोनको प्रयोग गरेका थिएनन्। जसको कारण उनको प्रजनन् तन्त्रमा परिर्वतन भएन्। उनले वीर्यलाई दान लिएर गर्भधारण गरेका थिए। यसै कारण पुरुष र बच्चा दुवैजना सुरक्षित छन्।

जस्तै अर्का ट्रान्सजेन्डर एनएचएसले पनि बच्चालाई जन्म दिने तयारी गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। महिलाको रुपमा जन्म भएर यौन अंग परिर्वतन गरेका कारण उनले पनि सजिलै बच्चा जन्माउन सक्ने चिकित्सकहरुको भनाइ छ । यौन अंग परिर्वतन गरेपछि पुरुष बनेपछि पनि बच्चा जन्माउन इच्छा गरेमा कुनै समस्या भोग्नु नपर्ने अनुसन्धानबाट पुष्टि भएको छ । लिंग परिवर्तनपछि पनि बच्चाको चाहनाले धेरैले बच्चा जन्माउने लहर नै चल्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मोटोपनले झनै सेक्सी बनेकी यी अभिनेत्रीका यस्ता अवतारले दुनियाँ घायल
अहिले सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेकाहरुलाई गुमनामपनि बनाइरहेको छ ।यो एक यस्तो अड्डा हो जहाँ कुनै अभिनेत्रीको सुन्दर तस्बिर यदि एक पटक भाइरल भएमा सोच्नुहोस् उक्त अभिनेत्री रातारात स्टार अवश्य बन्ने छिन्। यस्तोमा आज हामी पञ्जाबी चलचित्र क्षेत्रका एक अभिनेत्रीको बारेमा चर्चा गर्न गईरहेका छौं जसको तस्बिरले इन्टरनेटमा सनसनी मच्चाएको छ ।

आज हामी पञ्जाबी चलचित्रकी अभिनेत्री खुशी गढवीको बारेमा चर्चा गर्न गईरहेका छौँ जो एक मोडेल हुन्। खुशी अहिले मोडेलिंग गर्दैछिन्।खुशीको जन्म सन् १९९० मा भएको थियो। तर २८ वर्षको उमेरमा खुशीका यी तस्बिरले इन्टरनेटमा तहल्का मच्चाईरहेको छ।

खुशीले अहिले सम्म स्टारडमको पहिचान प्राप्त नगरे पनि उनको विदेशमा लाखौँको संख्यामा फ्यानहरु छन्। सामाजिक सञ्जालमा उनका धेरै चाहने वालाहरु छन् जो उनको नयाँ–नयाँ तस्बिर हेर्नको लागि उनलाई फलो गर्दछन । खुशी आफ्नो फिगर मेन्टेन गर्नको लागि जिममा घन्टौं पसिना बहाउने गर्छिन् । खुशीले थुप्रै पञ्जाबी गीतहरुमा काम गरेकी छिन् जसले युट्युबमा खुबै चर्चा पाईरहेको छ। खुशी पञ्जाबी चलचित्र उद्योगको चर्चित अनुहार हुन्।

खुशी सामाजिक सञ्जालमा प्रायः सक्रिय नै रहन्छिन र आफ्नो फ्यानको लागि ताजा–ताजा फोटोहरु शेयर गरिरहन्छिन । फेसबुकमा उनका थुप्रै सुन्दर फोटाहरु छन् । खुशीको सुन्दरता देखेर मानिसहरु सामाजिक सञ्जालमा अनेक अड्कलहरु काटिरहेका छन्।

पारिवारिक निकट श्रोतका अनुसार उनी अब चाँडै बलिउडमा पनि कदम राख्न गईरहेकी छिन् । सन् २०१६ मा खुशीको पहिलो पञ्जाबी गीत ‘इल्जाम’ सार्वजनिक भएको थियो जुन सर्दूल सिकन्दरले गाएका थिए।खुशीले आफ्नो करियरको सुरुवात एक मोडेलको रुपमा गरेकी थिईन । खुशीको गीत ‘इल्जाम’ युट्युबमा एकदमै हिट साबित भएको थियो।

यस गीतले राम्रो सफलता प्राप्त गरे पछि खुशी एक अर्को पञ्जाबी गीत ‘दो नैन’ मा पनि काम गरिन्। गीत ‘दो नैन’ गायक कमाल खानले गाएका हुन्।केवल यति मात्र नभई खुशीले टलिउड फिल्ममा पनि काम गरिसकेकी छिन्।

उनी तेलुगु फिल्म ‘लभ पोइजन’ मा देखिएकी थिईन।युट्युबमा खुशीको हिट गीतका पूरा सूची तयार पारिएको छ । खुशीको जन्म फिल्मी नगरी मुम्बईमा भएको थियो। उनको केही मोटोपनपनि खुबै राम्रो देखिएको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *