Shadow

सिन्धुपालचोक मा जिबित महाकाली को उत्पती बिदेश बाट दर्शन गर्ने को भिड

अहिले युग बिज्ञान प्रबिधी को युग हो । कोही बिज्ञान लाई विश्वास गर्छ भने कोही धर्म र भगवान मान्छ । अहिले विश्वभरीका हिन्दुहरुको ध्यान नेपालको सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. ४ तर्फ छ । यहाँ विश्वभरीकै हिन्दुहरुले विशेष मान्ने माता महाकालीको जीवित अवशेष फेला परेको दावी गरिएको छ ।

महाकालीको पैताला यहाँ भेटिएको र उत्खनन गर्दा साक्षत मुर्तीपनि फेला परेको दावी गरिएको छ । अझ रोचक कुरा त के छ भने माता महाकाली जीवित आत्मामा प्रवेश गरेर सिन्धु कालीको रुपमा माता महाकाली उक्त स्थानमा रहेको वाणी आएको थियो ।

उहाँले जे–जे भन्नुभएको थियो । पृथ्वी खन्दा त्यही नै भएकाले उहाँलाई साक्षत जीवित महाकालीको रुपमा भक्तजनहरुले हेर्न गरेका छन् । अझ महत्वपूर्ण कुरा के छ भने महाकाली भेटिएको स्थान विश्वकै पौराणीक धार्मिक स्थल हो । त्यहाँ काठमाडौका चार नारायणकापनि शीरको रुपमा नारायण मन्दिर रहेको छ ।

दुई सय बर्षभन्दा पुरानो तर कहिलेको भन्ने एकिन नभएपनि लिच्छवी कालपूर्व कै पौराणिक नारायण मन्दिर रहेको दावी पुरातत्व विभागको रहेको छ । त्यही मन्दिर परिसरमा साक्षत महाकालीको उत्पती भएको छ । बाँकी भिडियोमा हेर्नुहोला ।

याे पनि पढ्नुहोस्

वैदेशिक रोजगारबाट फर्केर गाउँमै किबी खेती, मनग्गे आम्दानी

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती शुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् ।वैदेशिक रोजगारबाट फर्केर गाउँमै किबी खेती शुरु गरेका उनी आफूसँग काम गर्ने आँट र जागर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बन्न सफल भएका छन् । अर्काको देशमा जति काम गर्दा पनि आफ्नै गाउँघरको यादले नछाडेपछि उनी विदेशको जागिर छाडेर गाउँ फर्किएका थिए । विदेशमा गरेको कामले सन्तुष्टी नपाएका अधिकारी पाँच वर्षअघिदेखि नीलकण्ठ नगरपालिका–१४ काउलेमा किबी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् ।

तिहारको समयमा मानिसलाई विदेशबाट ल्याएको मसलाको सट्टा गाउँकै पौष्टिक फल किबी हालेर दाजुभाईलाई कोसेली दिन आग्रह गर्नुभएका अधिकारीको अहिले अधिकांश समय किबीबारीमा बित्ने गरेको छ । विसं २०५८ मा मलेसिया गएका अधिकारी चार वर्ष बसेर नेपाल फर्किएका हुन् । घरमा कपडा पसल समेत छ तर व्यवसाय भन्दा पनि खेतीमा रमाउन चाहने अधिकारी अहिले जिल्लाका चर्र्चिचत किबी किसानाको रुपमा चिनिनुभएको छ ।घर फर्किएपछि आफ्नै गाउँ ठाउँमा केही गरेर आयआर्जन गर्नुपर्छ भन्ने आत्मविश्वासका साथ उनले शुरु गरेको किबीखेती अहिले नमूना कृषि व्यवसायको रुपमा चिनिन थालेको छ ।

व्यावसायिक रुपमा शुरु गरिएको किबीखेतीले अधिकारीलाई अहिले धेरैले चिन्न थालेका छन् ।पाँच वर्षअघि तीन सय बोटबाट शुरु गरेको किबी खेतीले अहिले राम्रो उत्पादन दिन थालेको उनको भनाइ छ । यो वर्ष एक हजार ५०० केजी किबी बिक्री गर्ने योजना रहेको अधिकारीले बताउनुभयो । बाँझो जमिनको सदुपयोग गरी शुरु गरिएको किबी शद्ध अर्गानिक रहेको उनको भनाइ छ । नीलकण्ठ नगरपालिकाको माथिल्लो भागका साथै जिल्लाका अन्य गाउँबस्तीमा पनि व्यावसायिक रुपमा किबी खेती गर्न सकिने अधिकारीले बताउनुभयो ।

समुद्री सतहबाट एक हजार मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । पौष्टिक हिसाबले फलफूलमध्ये सबैभन्दा धेरै पौष्टिकतत्व भएको फलको रुपमा किबी रहेको छ । किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ । एउटै रुखमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्छ भने प्रतिकिलो रु ४०० देखि रु ६०० सम्ममा सजिलैसँग बिक्री हुने गरेको किसानको भनाइ छ ।धादिङ जिल्लामा सोयु, हेवार्ड, आलीसान, टोमरी र मन्टी जातको किबी खेती गर्ने गरिन्छ । व्यावसायिक रुपमा खेतीको शुरुवात गरे पनि जिल्लामा विशेषज्ञ सेवा नपाउँदा रोग निवारणमा समस्या हुने गरेको अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *