Shadow

मलेसियामा सुरक्षागार्डमा कार्यरत जिवन तामाङको सुतेको*सुत्यै अवस्थामा मृ* त्यु।




सुरक्षागार्डको रुपमा बिगत १८ महिना देखि मलेसियाको सेलाङ्गर राज्यमा पर्ने साहआलम सेक्सन नम्बर. २६ मा सेक्युरेट स्वएन्ज नामक सेक्युरिटी कम्पनीमा काम गर्दै आएका जिवन तामाङको सुतेकै अवस्थामा मृत्यु भएको छ।

नेपाल ठेगाना नुवाकोट , ककनि गाउँपालिका त्रिशुली निवासी नेपाली कामदार जिवन तामाङको मंगलबार राति मृत्यु भएको संगै कामगर्ने अर्का एक प्रत्येक्षदर्शी नेपालीले बताउनुभयो।

बिहानको ड्युटी सकिएर स्वास्थ्य अवस्था अलिक ठिक नभएको बताउदै तामाङले आफू साझ क्लिनिक जान्छु भनेर क्लिनिक गएर फर्किएका थिए। रुममा संगै बस्ने साथीहरूले क्लिनिकमा उपचार बारे सोधपुछ गर्दा तामाङले आफुलाई त्यस्तो केहि नभएको बताएका थिए।

बेलुकी साथीहरूसंगै खाना खाएर ओछ्यानमा सहजै सुतेका उनि मोबाइलमा भिडियो हेरिरहेका थिए , त्यतिबेलानै अचानक उनको हात बाट मोबाईल तल झर्यो साधारण छट्पटीएको जस्तो गर्नुभएको थियो, तर लगत्तै एकैछिनमा प्राण त्याग्नुभयो प्रत्येक्षदर्शी नेपालीले बताउनुभयो।

रोजगारदाता कम्पनी श्रोतका अनुसार मृतक तामाङको सव पोस्टमार्टमको लागि अस्पताल लगिसकेको र रिपोर्ट आउन बाँँकी रहेको बताउनुभयो , साथै पोस्टमार्टम सकिए लगत्तै मृतकका परिवारको सल्लाह अनुसार आवश्यक काउनी प्रक्रिया पुर्याएर मृत सव स्वदेश फिर्ता गराउने बताउनुभएको छ।

याे पनि पढ्नुहोस्

मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो

मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा रोजगारीका लागी वस्दा नेटवर्किङ्ग डिएक्सनको मेम्वर वनेको र त्यसको विभिन्न प्रलोभनमा परेर आफुले मलेसियामा कमाएको सवै पैसा सकेकोमा पछुतो लागेको वताए । उनका अनुसार मलेसियाका विभिन्न सहरमा त्यस कम्पनीको मार्केटिङ्गका लागी पुगे पनि प्रतिफल प्राप्त नगरेका हुन् । उनले भने ‘डाइमण्ड वन्ने धेउन्नमा धेरै ठाउ पुगीयो आफ्नै लगानीहालेर अरुको पिवी वडाइयो अत्यमा शुन्य फल प्राप्त भयो’। उनको दुखेसो थियो ‘यी नेटवर्किङ्ग व्यावसाय गर्ने भन्नेले सोझालाई नै सास्ती दिदा रहेछन्’।

झापाका सुरेन्द्र विकको पिडा पनि कम छैन मलेसिया आएर साथीको दवावमा डिएक्सनको मेम्वर वनेका उनी कोतरायामा भोकै मेम्वर हिडेको झलझल्ती सम्झन्छन् । पानीमा कफी मिसाएर पिइदै हिडीयो त्यो समय अरु तिर लगानी गरेको भए कति राम्रो हुन्थ्यो ।’ डिएक्सनमा लाग्दा पिवी वडाउन नचाहिने सामान खरिद गरेको उनको भनाइ छ । ‘अगुवाले धेरै सामान किन्न लगाउथे ।पिवी वडछ वोनस आउछ भनेर तर वास्तविकता त्यस्तो हुदैन थियो’उनले भने । कसैले वहकाएर त कसैले अडी कसेर मलेसियामा डिएक्सनको मेम्वर वनाउदै गरेको भुक्तभोगीहरु वताउछन् ।

मलेसियामा रातो च्याउ वाट वनेका सामाग्री विक्रि वितरण गर्दै आएको डिएक्सनमा अन्य देशका व्याक्तीको त्यती संम्लग्नता छैन् । नेपाल वाट रोजगारीका लागी गएका नेपाली भने यसमा ठुलो पदमा पुग्ने र धेरै पैसा कमाउने लोभमा फसेका छन् । मलेसियामा नेपाली श्रमीक ठगिदा समेत सम्वन्धीत निकाय मौन छ । नेपालमा भने यस्ता कम्पनी प्रतिवन्धमा रहेका छन् भने यस्तो कार्य गर्नेलाई जेल सम्मको सजाय हुदै आएको छ । मलेसियामा रोजगारी गरीरहेका नेपाली श्रमीकले जवरजस्ती नेटवर्किङ्गको सदस्य वनाउनेलाई हदै सम्मको सजायको माग गरेका छन् ।

मलायखकबर malayakhabar बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *