Shadow

भाइटिकाको दिन आ’गो लगाई कृष्णको गरे ड* रलाग्दो ह* त्या, घरबेटीले खोल्यो आफ्नै आफन्तले मा* रेको सं’का

भाइटिकाको दिन आ’गो लगाई कृष्णको गरे डर* लाग्दो ह* त्या, घरबेटीले खोल्यो आफ्नै आफन्तले मा* रेको सं’का





याे पनि पढ्नुहोस्

यी जानकारी सबैले राखौँ : यस्ता खानेकुरा खान जान्नुभएन भने जीवन भरी दुःख

काठमाडौ । हामीले खानेकुरा खान नजानेको खण्डमा नै नित्तिने हो रोग । मानिस वा जीवजन्तु अझ भनौँ न सजिवलाई रोग आफै आउँने हैन । उनीहरुले निम्त्याउने हो । हावापानी, जलवायू, खानपान र जीवनशैलीका कारण नै नयाँ नयाँ रोगले सताउँछ । नयाँ-नयाँ रोग उब्जिन्छ । जीवन नै खतरा, पैसाको सर्वनाश, शरीरलाई दुःख हुने रोग हामी किन आफै निम्त्याउनु त ।

कतिपयले त नजानेर यस्तो भइरहेको छ केहीले हेलचेक्र्याईपनि गरिरहनुभएको छ । तर आजदेखि हेलचेक्र्याई कदापी नगर्नुहोस् । अनि जानकारी नहुनुभएकाहरुले हर हमेशा यी जानकारी मनमा राख्नुहोस् । आफुले थाहा पाएको कुरा विभिन्न माध्यममा सेयर गर्नुहोस् । तपाईको सानो प्रयासले तपाई आफु मात्र हैन समाज, देश र विश्वलाई रोग मुक्त बनाउँन सकिन्छ । यहाँ हामी अति जरुरी जानकारी दिँदैछौ । जो जान्नैपर्नेछ ।

दही त हामी अधिकांशको रोजाईको खाद्य पर्दाथ हो । हामी जो कोही मन पराएर खान्छौ । दही खानु स्वास्थ्यका लागि अति लाभदायीपनि छ र मानव शरीरका लागि अति जरुरी पोषक तत्व भएको खाद्य पर्दाथपनि हो । तर यो खान जान्नुभएन भने तपाईलाई यसले निक्कै सताउँछ । सुन्ने गरीन्छ की दही खाएको थिए यस्तो समस्या भयो उस्तो समस्या भयो । दही खाने बेलामा तपाईले कि त तरिका जान्नु भएन कि त हेलचेक्र्याई अवश्य गर्नुभयो ।

याद राख्नुहोस् दही खाएपछि अमिलो चीज केहीपनि खानुहुन्न । खानासँग दहीको भाग लागेको छ । थालीको छेउमा अचारपनि छ । कागतीको टुक्रापनि देखिन्छ भने तपाईका दुःखका दिन सुरु भए ।

आ के हुन्छ र भनेर हेलचेक्र्याई गर्दै नगर्नुहोस् की दही हटाउनुहोस् की ती अमिलो जन्य खाद्य बस्तु आजका लागि हटाइहाल्नुहोस् । किनकी दहीसँग अमिलो बस्तु खाएमा तपाईको पेटमा भएको कुरा केही पच्दैन । त्यो दिन तपाई भोकै बसे समान हुनेछ । पेट गडबडपनि सुरु हुनेछ ।

अर्को कुरा तातो खाना छ त्यसमा दहीबाट खानुछ भनेपनि एकछिन पर्खिनुहोस् । दही चीसो बस्तो हो । तातोमा मेला खादैन । यसलेपनि तपाईलाई असर गर्नेछ । यस्तै तपाईले आजको खानामा दही खानुभएको छ भने माछापनि खादै नखानुहोस् । या खानामा माछाको तरकारी छ भने दही त्यो दिन किन्दै नकिन्नुहोस् । दही र माछा एकसाथ खानै हुँदैन । किनकी माछाले तातो बनाउँछ, दहीले चीसो यी दुईबीच तपाईका शरीरमा लडाई हुन थाल्छ । त्यसको परिणाम तपाईले भाग्नुपर्छ ।

अब तपाई जो कोही याद राख्नुपर्ने केही अरु खाना खान नजान्दा हुने असरका बारेमा कुरा गर्छौ । याद राख्नुहोस् कुखुराको मासुसँग खजुर कहिलै खानुहुन्न । मासुसँग दुधपनि झुक्किएरपनि खानु हुन्दैन । अझ भनौँ तपाईको दुध खाने बानी छ भने यी कुरामा होसियारी अपनाउनुहोस् । दुधसँग कहिलैपनि भुटेको खाना खानु हुँदैन । यसले पेटमा तत्कालै प्रतिक्रिया जनाई हाल्छ ।

अब अर्को कुरा धेरै व्यक्तिहरुको चिया खाने बानी छ । क्रिपया ख्याल गर्नुहोस् दुध चियामा कहिलैपनि नुन नमिसाउनुहोस् । यस्ता गल्ती धेरैले गरेको देखिन्छ । दुधमा नुन मिल्नासाथ मिल्क प्रोटिन जम्दछ । त्यसो गर्दा त्यसको पोष्क तत्व नाश भएर जान्छ । अर्को कुरा दुध खाएर कहिलैपनि फलफूल नखानुहोस् । किनकी दुधमा रहेको क्याल्शियमले फलहरुको एन्जाइम सोस्दछ र यसका कारण शरीरले फलहरुबाट प्राप्त गर्ने पोषक तत्व प्राप्त गर्न सक्दैन ।

यस बाहेक दाल, हरियो तरकारी, मूला र अण्डा, मासु र पनीर जुन चीज खाए पनी दूध पिउनु हुँदैन। यसले तपाईका पाचन शक्तिलाई कमजोर बनाउँछ । तपाईले भुल्नै नहुने अर्को कुरा महलाई तातो बनाएर कहिलै खानु हुँदैन। एकै साथ मह ,नौनी घी र मह खाने बानी छ भने अहिले नै छोड्नुहोस् यसलेपनि हानी गर्छ ।

धेरै मानिसहरूलाई उमालेको अण्डामा निचोड्ने लेदो खान मन पर्छ, तर म तपाईंलाई भन्छु कि यो कहिले पनि गर्नु हुँदैन । मन पर्छ भनेर आफैलाई खतरामा नराख्नुहोस् । त्यसो गर्नाले स्वास्थ्यलाई ठूलो नोक्सान पुर्‍याउन गर्नुका साथै तपाईलाई हृदयघातको जोखिम बढाउँछ ।

यस्ता बानी छन् भने कहिलै हेलचेक्र्याई नगर्नुहोस् । अहिले नै असर नगरेपनि भोलीका दिनमा तपाई बिरामी पर्नुको प्रमुख कारण नै यही हुन जान्छ । बिरामी भएको खण्डमा पैसामा पैसा सकिन्छ, समय बर्बाद त हुन्छ नै । तपाईले समेत कष्ट पाउँनुहुनेछ । सबैको जानकारीका लागि यो सामाग्री सक्दो सेयर गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *