सरकारको महत्वकांक्षी परियोजना, २ अर्ब ५५ करोड लागतमा पाथीभरामा केबलकारको काम दुई वर्षमा सक्ने योजना (सेयर गराै)

समाचार


सरकारको महत्वकांक्षी परियोजना, २ अर्ब ५५ करोड लागतमा पाथीभरामा केबलकारको काम दुई वर्षमा सक्ने योजना।

अध्ययन, अनुमति र निर्माणका लागि कम्पनी छनोट भएकाले अब काम थालिने कम्पनीका कार्यकारी निर्देशक ईश्वरी पौडेलले बताए । कम्पनीले सरकारबाट ३० वर्षका लागि अनुमति लिएको छ । सरकारले केबलकारका लागि ४.९७ हेक्टर जमिन दिने निर्णय पनि गरिसकेको छ ।

कम्पनीले त्यति नै जमिन सरकारलाई रजिस्ट्रेसन पास गरेर फिर्ता गरेको छ । सरकारले फुङलिङ नगरपालिका–११ फावाखोलाको जमिन उपलब्ध गराएको र आफूहरूले त्यसैसँग जोडिएको फुरुम्बुमा जग्गा खरिद गरेर सरकारलाई दिएको पौडेलले जानकारी दिए ।

पाथीभरा क्षेत्रको काफ्लेपाटीदेखि मन्दिरसम्म २.७४ किलोमिटर दूरीमा केबलकार बनाउन लागिएको हो । यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ माघ ७ मा अनुमति दिएको कम्पनीले जनाएको छ । यसअघि फुङलिङ नगरपालिकाले २०७५ जेठ १४ मा अनुमति दिएको थियो । १२ लाख रुपैयाँ राजस्व लिएर ४० वर्षका लागि दिएको उक्त अनुमति पछिल्लो कानुनले खारेज गरेको हो ।

केबलकार निर्माणको क्रममा १ हजार १८ वटा ठूला रुख काटिने डिभिजन वन कार्यालयले जनाएको छ । यसको अनुमति मन्त्रालयले दिइसकेको कार्यालयका एक कर्मचारीले बताए । एक घण्टामा एक हजार जना यात्रु आउजाउ गर्न सक्ने गरी लट्ठा, डब्बालगायत सामग्री अस्ट्रियाको कम्पनीले व्यवस्था गर्ने भएको छ । काफ्लेपाटीदेखि मन्दिरसम्म १७ वटा टावर बन्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *