प्रधानमन्त्री ओलीले ए*क्कासी दिए नेपाली से*नालाई यस्तो निर्दे’शन, ब्या’रेकबाट निस्किदैँ सेना । प्रधानमन्त्री ओलीले ए*क्कासी दिए नेपाली से*नालाई यस्तो निर्दे’शन, ब्या’रेकबाट निस्किदैँ सेना Nepal (भिडियो हेर्नुहोस्)
याे समचार पनि पढ्नुहोस्
धार्मिक यात्राका क्रममा गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा सरलीकृत पार्न नयाँ मूल्यदर कायम गरिएको छ। गोसाइँकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित होटल तथा लजका व्यवसायीले चर्को शुल्क असुल गरेको भन्ने अधिकांश यात्रुबाट व्यापक गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाको पहलमा लाङटाङ राष्ट्रिय निकुञ्जमार्फत नयाँ मूल्यदर कायम भएको हो।
खान र बस्नका लागि यसभन्दा अघि होटल तथा लज सञ्चालकले जे–जति शुल्क असुल गरे पनि अब उप्रान्त गोसाइँकुण्ड पुगेका तीर्थयात्री वा पर्यटकले खानाको प्रतिछाक ५५० एवं सुतेको प्रतिबेड एक हजार रुपैयाँ शुल्क तिर्नुपर्ने गरी नयाँ दर निर्धारण गरिएको छ।
यसैगरी, लौरीविनायकमा खानाको लागि प्रतिव्यक्ति प्रतिछाक दालभात तरकारीको ५०० र सुतेको ९०० एवं चोलाङपाटीमा प्रतिव्यक्ति खानाको ४५० एवं सुतेको ८०० रुपैयाँ निर्धारण भएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन्।
धार्मिक मार्ग अन्तर्गत धुञ्चेको घट्टेखोला, खन्ती, देउराली, डिम्सा समेतका स्थानको खाने–बस्ने मूल्य दरसमेत निर्धारण गरिएको छ। निर्धारित दर निकुञ्जले प्रमाणित गरेकालाई मात्र मन्ने हुने भएकाले होटलमा टाँसिएको दरअनुसार मात्र शुल्क तिर्न सम्पूर्ण यात्रुलाई आग्रह गरिएको छ।
खाने–बस्ने व्यवस्थापकीय कार्य अन्तर्गत धार्मिक मार्गका होटल तथा लज सञ्चालनको स्वीकृत दिने र अनुगमन गर्ने निकाय लाङटाङ राष्ट्रिय निकुञ्ज भएका कारण दर निर्धारणका साथै धार्मिक मार्ग व्यवस्थित, मर्यादित बनाउन उक्त कार्यालयलाई नै दर कायम गराउने जिम्मेवार बनाइएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए।
पन्ध्र दिनको समयसीमा तोकी जिल्ला प्रशासन कार्यालय रसुवाले यही १७ गते गरेको आग्रहलाई तदारुकताका साथ लाङटाङ राष्ट्रिय निकुञ्जले कार्यान्वयन गरी १९ गते नै नयाँ दर कायम गराएको थियो। नयाँ दर होटलमा टाँसिने र त्यसका आधारमा मात्र यात्रुले शुल्क तिर्नसमेत निकुञ्जले आग्रह गरेको छ।
निर्धारण भएको नयाँ दर कार्यान्वयनको चरणमा अगाडि बढिसकेको होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निशान उपनामले परिचित रामशरण गजुरेलले जानकारी दिए।