सारै दुखद खबर अछाममा डोजर दुर्घ*टना हुँदा एक जनाको मृ*त्यु

समाचार

सारै दुखद खबर अछाममा डोजर दुर्घ*टना हुँदा एक जनाको मृ*त्यु। अछाममा डोजर दुर्घ*टना हुँदा एक जनाको ज्या*न गएको छ । जिल्लाको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा डोजर दुर्घ*टनामा परि डोजरका अपरेटर डोटीको शिखर नगरपालिकाका करिब ३२ बर्षका किरण बोगटीको ज्या*न गएको हो ।

ऐश्वर्य माध्यामिक विद्यालयबाट सडक मर्मत गर्दै चण्डाली जाने क्रममा भिर भन्ने स्थान बाट करिव १ सय ५० मिटर तल खोलामा खसेर चालक बोगटीको घ*टना स्थलमै ज्या*न गएको वडा अध्यक्ष कृष्ण बहादुर कडायतले जानकारी दिनुभएको छ। घ*टनाको बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोलि घट*ना स्थल गएको छ । डोजरका सह चालक भने हाम फा*लेर ज्या*न जोगाउन सफल भएका छन् ।

याे समचार पनि पढ्नुहोस्
हिल्सा सडक खण्डमा च्याछरा चट्टाने भिर तथा सडकमा रहेका विभिन्न चेनेजमा कडा चट्टानहरु फुटाउने कार्य तीव्र गतिमा भइरहेको छ । दुई महिनाभित्र यस खण्डको ‘ब्रेक थ्रु’ भई सिमिकोटदेखि चीनको नाका हिल्सासम्म ९५ किलोमिटर सडक मार्गबाट सजिलै यात्रा गर्न सकिनेछ ।

त्यसैगरी सिमिकोट सल्लिसल्ला खण्डमा रहेको सल्लिसल्लाको भिर ब्रेकर करिब एक महिना लगाएर फुटाइसकेको हुँदा हुम्लाको चङ्खेली गाउँपालिका हुँदै १२ किलोमिटर ट्र्याक सडक सर्केगाड गाउँपालिकाको दुल्लीकुनासम्मा खुलिसकेको र ट्र्याक्टरसमेत पुगिसकेको अवस्था रहेको सपना धुलिखेल जेभी काठमाडौँका आधिकारिक प्रतिनिधिले जानकारी दिए ।

अब दुल्लीकुनाको भीर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायतका उपकरण सुर्खेतबाट ल्याउने तयारी भइरहेको र भिर फुटाउने कामसमेत चाँडै शुरु हुने उनले जानकारी दिए । खार्पुनाथ गाउँपालिकामा रहेको बोक्चेगौँडामा ४०० मिटरको भिरबाट अब एक्साभेटर मेसिन छिर्न सक्ने पि एस दि क्याराभान कङ्ग्री जेभीका स्थानीय प्रतिनिधि क्याछोक लामाले बताए। योजना कार्यालय सिमिकोटबाट प्राप्त जानकारीअनुसार अब ट्र्याक खोल्न करिब १५ किलोमिटर मात्र बाँकी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *