भैरहवा विमानस्थल बाट आयो यस्तो खबर ! तुरुन्त हेर्नुहोस, (जानकारीका लागि सेयर गराै))

समाचार

रुपन्देही : भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्रााष्ट्रिय विमानस्थलको भौतिक निर्माण कार्य ९७ प्रतिशत सकिए पनि विमानस्थल सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ ।
उपकरणहरु जडानको लागि अझै केही समय पर्खिनुपर्ने भएकोले अबको तीन महिनाभित्रैमा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न सकिने अवस्था छैन ।

लक्ष्य बमोजिमको अन्तिमपटक थपिएको म्याद अनुसार २०७८ साल असार १ गतेसम्ममा विमानस्थल सञ्चालनमा आउनु पर्ने थियो । तर कोरोना महामारीले प्रत्यक्ष असर पार्दा निर्माण कार्य केही पर धकेलिएको हो ।
६ अर्ब २२ करोड ५१ लाख रुपैयाँको लागतमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल अत्याधिक जग्गा अधिग्रहण गरी निर्माण गरिएको विमानस्थलमा मुआब्जाको लागि मात्रै ३० अर्बभन्दा बढी रकम खर्च भएको छ ।

पछिल्लो समय काम गर्ने दक्ष प्राविधिकहरु कोरोनाको कारण चीनमा रोकिनु र तेस्रो मुलुकहरुबाट ल्याउनुपर्न लाईटिङ लगायतका उपकरणहरुको कारण काममा ढिला भएको थियो । सन २०१४ को डिसेम्बरबाट सुरु भई २०१७ को डिसेम्बरमै सम्पन्न गर्ने भनिएको निर्माणको काम चार बर्षको अवधि थप्दासमेत पूर्ण हुन सकेको छैन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभन्दा स्तरीय र बढी क्षमताको भनिएको यो विमानस्थलमा एक पटकमा एउटा वाइडबडी, एउटा न्यारोबडी र दुईवटा साना जहाज पार्क गर्न मिल्ने अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण गरिएको छ ।

आन्तरिक उडानका लागि छुट्टै पार्किङ एप्रोन रहनेछ । काठमाडौंमा प्राविधिक कारणले उडान अवतरण प्रभावित भयो भने आकस्मिक अवतरणका लागि यो विमानस्थल विकल्प बन्न सक्नेछ । निर्माणको कार्यमा अब धेरै समय खर्चिनु नपरे पनि यस्को बाह्य क्षेत्र, उपकरण जडानको फिनिसिङ्गको लागि ३ महिनाभित्रैमा सकिए पनि उडानको प्रक्रियागत चरणको लागिसमेत ३ महिना खर्चिनुपर्नेछ ।

विमानस्थल निर्माणको काम भौतिक काम हो र यस्को प्राविधिक कामसहित परीक्षण उडानको लागि रुट निर्धारण लगायत सञ्चालनका निम्ति ग्लोबल टेण्डर गर्नेसम्मको तयारी गर्न अझ थप केही समय लाग्ने बताइएको छ । अर्काेतिर कहिले विमानस्थल सञ्चालनमा आउला भन्दै भैरहवाकै विमानस्थल प्रयोग गर्न आतुर भई प्रतीक्षा गरिरहेका आम मानिसहरुलाई कोरोनाको थप जटिलताले अझै केही लम्ब्याउने पक्कापक्की छ ।

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल , त्रिभुवन विमानस्थलको विकल्पको रुपमा बनाउन लागिएको गौतमबुद्ध विमानस्थललाई मध्येपूर्वी क्षेत्रका उडानका लागि प्रयोग गर्ने गरी योजना बनाइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *