अन्ततःपुरा हुने भयो अस्मिताको सपना,इन्द्रेणीमा नाच्न हिडीन् आमा सहित काठमाडौं,रु’दै रु’दै छाडिन गाउँ (भिडियो हेर्नुहोस)

मनोरंजन

अन्ततःपुरा हुने भयो अस्मिताको सपना,इन्द्रेणीमा नाच्न हिडीन् आमा सहित काठमाडौं,रु’दै रु’दै छाडिन गाउँ (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
३ हजार वर्षभन्दा पुरानो सुनको मास्कले अहिले सामाजिक संजालमा तरंग ल्याएको छ । यो मास्क सामाजिक संजालमा अहिले सर्वत्र चर्चामा छ । यो मास्कको खोजी हालै मात्रै चीनको सिचुआन प्रान्तमा भएको हो । सिचुआन प्रान्तमा खोजी गरिएका ५ सय भन्दा धेरै प्राचीन कलाकृतिहरुमध्ये यो मास्क पनि एक हो ।

सुनको मास्क समेत यी कलाकृतिहरु सेनसिंगडुइ आर्कियोलोजिकल साइटमा भेटिएका थिए ।विशेषज्ञहरुका अनुसार यो खोजबाट प्राचीन शु राज्यको संस्कृति र त्यस समयका मानिसहरुको रहनसहन जान्न सहयोग मिल्नेछ । शु राजवंशले इसापूर्व ३१६ मा यो क्षेत्रमा राज गरेको थियो ।

यही क्षेत्रलाई अहिले सिचुआन प्रान्तको रुपमा चिनिन्छ । यहाँ भेटिएका ५ सयभन्दा धेरै कलाकृतिहरुमध्ये आधा अनुहार र नाक ढाक्ने यो सुनको मास्कको सामाजिक संजालमा सबैभन्दा धेरै चर्चा छ ।कलाकृतिहरुको यो नयाँ खोजको खुलासा भएसँगै चीनको माइक्रोब्लगिङ साइट विबोमा सुनको मास्कका विषयमा मिमहरु ओइरिन थाले ।

मानिसहरु यो मास्कलाई चर्चित पात्रहरुको अनुहारमा राखेर तस्वीरहरु पोस्ट गर्न थाले । सुपरहिरो फिल्मका पात्रहरुको अनुहारमा पनि यो मासक राखेर फोटो बनाइयो । सुनको मास्कको भव्यता र सुन्दरता देखेर सामाजिक संजाल प्रयोगकर्ताहरु मोहित भएका छन् ।

चीनको सबैभन्दा अहम आर्कियोलोजिकल साइट मानिने सेनसिंगडुइको संग्रहालयका अधिकारीहरुले पनि सामाजिक संजालमा छाएका मिमहरुको मजा लिए । विबोमा संग्रहालयको तर्फबाट भनिएको छ ‘शुभप्रभात, हामी भर्खर ब्युँझिएका छौं । यस्तो लाग्छ सबै कुनै न कुनै फोटोशपिङमा व्यस्त छन् ।’

संग्रहालयको तर्फबाट पनि विबोमा आफ्नो मिम अपलोड गरिएको छ । यसका अलावा संग्रहालयले मास्कसहित अन्य कलाकृति देखाउँदै प्रवद्र्धनात्मक भिडियो पनि जारी गरियो ।सुनको मास्कको साथमा सेनसिंगडुइ आर्कियोलोजिकल साइटबाट काँस्य कलाकृति र हात्तीको दाँतमा कुँदिएका कलाकृति पनि खोजी गरिएका छन् ।

सेनसिंगडुँइमा रहेका प्राचीन भग्नावशेषबारे सन् १९२९ मा एक किसानले पत्ता लगाएका थिए । अहिले यसलाई चीनको सबैभन्दा अहम आर्कियोलोजिकल साइटमध्ये एक मानिन्छ । यो चेंगडु शहरबाट करिब ६० किलोमिटर टाढा छ । यहाँबाट अहिलेसम्म ५० हजार अवशेष खोजिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *