Shadow

‘मेरो X को छम्मा’लाई भेटेपछि पुण्य गौतमले यस्तो भने (भिडियो हेर्नुस्)

सिर्जनाले गाएको ‘मेरो X को छम्मा’ बोलको गीत विवादित बनेको छ । सो गीतमा राखिएका कतिपय शब्द महिलालाई होचयाउने खालको भन्दै सामाजिक सञ्जालमा विवाद भएको हो ।

आफुलाई सामाजिक अभियन्ता भन्ने पुण्य गौतमले पनि सो गीतका बारेमा प्रतिकृया जनाएका थिए । उनले त्यो गीत गाउँदै यस्तो पनि गीत हुन्छ ? भनेर दिएको टिप्पणी टिकटकमा निकै भाइरल भएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनको टिप्पणी भाइरल भएपछि अहिले सिर्जनाले पुण्यलाई भेटेकी छन् । उनले पुण्य गौतम भर्जन नै बनेको भन्दै त्यसलाई आफुले नराम्रो रुपमा नलिएको बताएकी छन् । आफुलाई नकारात्मक प्रतिकृया दिनेहरुलाई पनि नराम्रो नमानेको बताइन् ।

आफ्नो गीत सुनिदिएको र अझ आफुवाट राम्रा कुरा आउन् भन्ने चाहनेले प्रतिकृया दिएका कारण अब आफुले सुधार गर्ने पनि बताएकी छन् । सिर्जनाका अगाडी पुण्यले भिडियो हेरेर आफुलाई नेपाली जस्तो नलागेको पनि बताएका छन् । भिडियो हेर्दा तपाई विदेशी जस्तो देखिनु भएको छ, पुण्यले भने, म अझै पनि भन्छु त्यसमा भएका कतिपय शब्दमा भने मेरा केही विसहमति छन् ।

उनले प्रेम भन्दा पनि अरु केही छ भन्ने खालका अन्य गीत पनि सिर्जना गर्न सुझाव दिएका छन् । उनले प्रेम र त्यसमा धोका खाएका कुरा मात्र गीतमा आउने गरेका भन्दै फरक धारका गीत गाउन सुझाव दिएका छन् । उनले प्रेम सफल नहुँदैमा जिवन नसकिने र आत्मनिर्भर भएर बाँच्नका लागि नै त्यो गीतले प्रमोट गर्ने बताइन् ।

अर्को समाचार पनि पढ्नुहोस्

दाजु भाई मृ’त्यु घटना रहस्यमय: घटनास्थलमा भेटिए ३ वटा कट्टु, विजयको एक महिना अघि मात्र भएको थियो विवाह (भिडियो हेर्नुस्)

कावासोती । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृ’ता वस्थामा फेला परे पछि प्रहरीले घटनाको अनुसनधान सुरु गरेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ’ता वस्थामा फेला परेका हुन् । दाजु विजयको डेढ महिना अघि मात्र विवाह भएको थियो ।

श्रीमानको बारेमा राम्रोसंग बुझ्न पनि नपाउँदै कलिलै उमेरमा विजयको श्रीमतिको सिन्दुर पुछिएको छ । प्रहरीले दुई जनाको शव फेला पारेको भएपछि घटनास्थलमा ३ वटा कट्टु फेला परेपछि घटना रहस्यमय भन्दै परिवारका सदस्यले शुष्म अनुसन्धानको माग गरेका छन् । निकै अप्ठेरो ठाउँमा रहेको पोखरीमा दुई जना मात्र जान नसक्ने भन्दै उनीहरुको ज्या’न लि’इ’एको हुनसक्ने आशंका परिवारको छ ।

जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए । दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो ।

प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डु’बेको अवस्थामा फेला परेको हो । दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृ’ता वस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । निधनको कारणबारे अनुसन्धान भइरहेको बताए ।

विहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनिहरु सम्पर्कमा नआएको आमा टेकमाया शर्माले जानकारी दिए ।

दाजु विजय एसपीएम कलेजमा स्नातकतह तेस्रो वर्षमा अध्ययनरत र भाई संगम सप्तगण्डकी बहुमुखी कलेज भरतपुरमा स्नातकतह प्रथम वर्षमा अध्ययनरत रहेको परिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *