Shadow

नयाँ मोटरसाइकल पास गरेर घर फर्कदा दुर्घ* टना, दाजुभाईको अ* स्पताल पनि पुग्न नपाई नि* धन

बाँकेमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठो क्किँ दा दुई दाजुभाईको निधन भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका २ मुगुवा पुल नजिकै रोकेको ट्रकमा मोटरसाइकल ठ क्क र खाँदा दाजुभाईको निधन भएको हो ।

बुधबार राति साढे १० बजेतिर बिग्रेर रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५५ प ९७५६ नम्बरको मोटरसाइकल ठो क्कि एको प्रहरीले जनाएको छ । दुर्घटनामा निधन हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका– ३ का २२ वर्षीय आशीष थारु र १९ वर्षीय दिपेश थारु रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइेत भएका दाजुभाईको उपचारका लागि कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज लैजाँदै गर्दा निधन भएको हो । दाजुभाई अस्पतालमा समेत पुग्न पाएनन् । नयाँ मोटरसाइकल किनेर पास गरेर घरतर्फ फर्किदै गर्दा उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरी अधिकारीका अनुसार मोटरसाइकल दाजु आशीषले चलाएका थिए। फाइल तस्बिर

अर्को समाचार पनि पढ्नुहोस्

संसारमा त्यस्ता धेरै मानिसहरु छन्, जो धनी भएपनि देखाउन चाहँदैनन् र सामान्यरुपमा नै हिँडिरहेका हुन्छन् । त्यस्ता मानिसहरुलाई अधिकांशले भिखारी सम्झिन्छन् र नराम्रो ब्यवहार गर्न थाल्छन् । मानिसहरू बाहरी अावरण हेर्ने गर्छन् ।

यस्तै एउटा घटना एक व्यक्तिको जीवनमा घटेको छ । यो घटना थाइल्याण्का एक ठूला बिजनेशम्यानको हो । उनी एक करोडपति व्यक्ति थिए । तर उनलाई पुरानो कपडा मन पर्दथ्यो र उनी त्यहि कपडा लगाएर हार्ले डेभिडसनको शोरुममा गएका थिए ।

त्यहाँ गएर उनले नजिकै रहेको एक मोटरसाईकलको मूल्य सोधे । तर पुरानो कपडा लगाएकै कारण बाइकको बारेमा सोरुममा रहेका व्यक्तिले बोल्न उचित ठानेनन् र बाहिर जान बताए । उनले नमानेपछि कर्मचारीहरुले
म्यानेजरलाई बोलाए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

म्यानेजरले पनि उनको कपडाबाट मूल्याङ्कन गरेर उनलाई बाहिर निकाल्न खोजे ।जब ति व्यक्तिले उक्त बाइकको मूल्य सोधेर सबै पैसा र केहि टिप्स समेत झिके तब सबै छक्क परे । उनलाई उक्त बाइकको १२ लाख मूल्य भनेकोमा उनले सबै निकालेपछि त्यहाँ रहेका सबै चकित परे ।

उनको बारेमा पछि सत्यता खोल्दै जाँदा उनी एक ठूला बिजनेशम्यान भएको कुरा पत्ता लागेको थियो । त्यसपछि त्यहाँ रहेका कर्मचारी र म्यानेजरले उनीसँग माफी मागे ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *