अझै न्या-य मिलेन भन्दै आन्दो-लित सदिक्षा आक्रो-षित, रातारात बयान फेरेको आ-रोप । का-र्वाहीको माग । (भिडियो हेर्नुहोस्)

समाचार

अझै न्या-य मिलेन भन्दै आन्दो-लित सदिक्षा आक्रो-षित, रातारात बयान फेरेको आ-रोप । का-र्वाहीको माग । (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
पहिरो नियन्त्रणको काम पुरा गर्न नारायणगढ मुग्लिन सडक आइतबारदेखि दिउँसोको समयमा फेरि बन्द हुने भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी सविना रानाभाटका अनुसार आइतबारदेखि आउँदो शनिबार फागुन २९ गतेसम्म यो सडक बिहान साढे १० बजेदेखि दिउँसो तीन बजेसम्म बन्द रहने छ । एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवाका गाडी भने चल्न दिइने छ ।

कालिखोला चार किलो नजिक पहिरो नियन्त्रणको काम पुरा हुन सकेको छैन । ‘सोही ठाउँमा काम गर्न सडक बन्द गर्न लागिएको हो । भिरमा अड्केका ढुंगा, माटो र खस्ने सम्भावना भएका सबै पदार्थ झारेर सकेपछि बल्ल पहिरो नियन्त्रणको काम गर्नु पर्ने हुन्छ । गाडी खुला राखेर यो काम गर्न सम्भव हुँदैन । त्यसैले एक हप्ताका लागि दिउँसोको समयमा झण्डै साढे चार घण्टा गाडी रोक्नु परेको हो,’ सूचना अधिकारी रानाभाटले भनिन् ।

नारायणगढ मुग्लिन सडक राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो । यो बाटो बन्द हुँदा पूर्व र पश्चिमबाट काठमाडौं जाने आउने यात्रु बस, निजी गाडी र मालवाहक ट्रकहरुलाई मर्का पर्दछ । सो सडक हुँदै दिनहुँ १० हजारको हाराहारीमा गाडीहरु ओहर दोहर हुने गर्दछन् । पहिला साढे ५ मिटर चौढाइ यो सडक हाल एसियाली मापदण्ड अनुरुपको ९ देखि ११ मिटर फराकिलो दुई लेनको भएको छ ।

सडक फराकिलो गर्न ठाउँ ठाउँमा पहाड काट्नु परेको थियो । पहाड काटेको ठाउँमा पहिरो जाने समस्या सुरु भएको थियो । ६ वर्षअघि सुरु भएको सडक विस्तारको काम सकिएको तीन वर्ष मात्रै भएको छ । तर त्यसपछि पनि पहिरोले हरेक वर्षायाममा दुःख दिँदै आएको छ । कूल ३६ किलो मिटर लम्बाइको सडकमा विस्तारपछि २९ ठाउँमा पहिरोको समस्या सुरु भएको थियो । अरु ठाउँमा काम सकिए पनि एक ठाउँमा बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *