स’सुरा पर्ने नै ह*त्यामा सम्ल’ग्न, मध्य*रा’तमा ३ यु’वाले अप*ह’रण गरे भन्ने एउटा कथा मात्रै Gulmi (भिडियो हेर्नुहोस)

समाचार


स’सुरा पर्ने नै ह*त्यामा सम्ल’ग्न, मध्य*रा’तमा ३ यु’वाले अप*ह’रण गरे भन्ने एउटा कथा मात्रै Gulmi (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
विभागका अनुसार आधारभूत मूल्यमा १.९९ प्रतिशतले अर्थतन्त्र ऋणात्मक भएको छ । नेपालको इतिहासमा आर्थिक वृद्धि ऋणात्मक बनेको यो चौथो पटक हो । ‘चैत ११ मा लकडाउन सुरु भए पनि केही महिनामै आर्थिक गतिविधि खुला हुने र अर्थतन्त्र ऋणात्मक नहुने अनुमान गरेका थियौं,’ तथ्यांक सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेलले भने, ‘तथ्यांक विभागले पनि २.२७ प्रतिशत वृद्धि हुने अनुमान गरेको थियो ।’ जेठ–असारमा समेत अवस्था सामान्य नभएपछि अर्थतन्त्रलाई थप क्षति गर्‍यो ।

आर्थिक दुरवस्था लुकाउन सरकारले प्रयास गरिरहे पनि आर्थिक वृद्धिसँग सम्बन्धित आँकडा तथ्यांक विभागले सार्वजनिक गरेसँगै सबै उदांगिएको छ । गत आर्थिक वर्षका लागि सरकारले बजेटमार्फत ८.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । पूर्वअर्थमन्त्री युवराज खतिवडाले लकडाउन सुरु भइसकेपछि पनि कोरोनाले पर्यटन क्षेत्रमा मात्र केही असर गर्ने र ८.५ प्रतिशतकै आर्थिक वृद्धिको लक्ष्यनजिक पुग्ने बताउँदै आएका थिए । वैशाख १५ मा तथ्यांक विभागले २.२७ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गर्‍यो, सरकारी अधिकारीहरूले त्यो पुग्ने दाबी गरिरहे ।

योजना आयोगले कोभिड–१९ को अध्ययन गर्न पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिले तयार पारेको प्रतिवेदनले ०.६ प्रतिशत मात्र आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । झन्डै १६ लाखले रोजगारी गुमाएको र १२ लाख गरिब थपिएको प्रतिवेदनको निष्कर्ष थियो । उक्त आँकडा सार्वजनिक गरे राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउनुपर्ने, सरकारको आलोचना बढ्नेलगायत कारणले प्रतिवेदन बाहिर ल्याइएन । प्रतिशतका आधारमा अर्थतन्त्रमा हालसम्मकै सबैभन्दा बढी क्षति गत आर्थिक वर्ष भएको देखिन्छ । पर्यटन क्षेत्रमा मात्र प्रभाव पर्ने दाबी गरिए पनि खानी तथा उत्खनन, औद्योगिक, निर्माण, मोटरसाइकल, यातायात र स्टोर एवं फुड सर्भिसमा आर्थिक वृद्धि ऋणात्मक छ । २१ मध्ये ६ क्षेत्रको ऋणात्मक अवस्थाले समग्र अर्थतन्त्रलाई माइनसमा पुर्‍याएको छ ।

आर्थिक वृद्धि मापन गर्न थालिएको आर्थिक वर्ष २०२१/२२ यता वृद्धि ऋणात्मक भएको यो चौथो पटक हो । आर्थिक वर्ष २०२३/२४ र २०२९/३० मा पनि आर्थिक वृद्धि ऋणात्मक भएको विभागका निर्देशक ईश्वर भण्डारी बताउँछन् । त्यसपछि आर्थिक वर्ष २०३६/३७ मा आर्थिक वृद्धि १.५ प्रतिशतले ऋणात्मक भएको थियो । २०३७ वैशाखमा बहुदलीय कि निर्दलीय शासन पद्धति भन्ने विषयमा जनमतसंग्रह भएको थियो । तत्कालीन राजा महेन्द्रले निर्दलीय शासन व्यवस्था सुरु गरेपछि लामो समय राजनीतिक गतिरोध र पछि जनमत संग्रहले आर्थिक गतिविधिमा प्रभाव पार्दा वृद्धिदर ऋणात्मक बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *