श्रीम*तीलाइ सोल्टी संग रं*गेहात भेटे’पछि श्री*मानले आ*त्मह*त्या गरे,फरार भएकि श्रीम*ती पहिलो पटक मिडियामा (भिडियो हेर्नुहोस)

समाचार

श्रीम*तीलाइ सोल्टी संग रं*गेहात भेटे’पछि श्री*मानले आ*त्मह*त्या गरे,फरार भएकि श्रीम*ती पहिलो पटक मिडियामा (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
भक्तपुरमा गुठी संस्थान शाखा कार्यालय भक्तपुरको भवन बन्ने बाटो खुलेको छ । भक्तपुर नगरपालिकाले भक्तपुर दरबार क्षेत्रमा गुठीलाई पुरानै शैलीमा भवन बनाउन दिने निर्णय गरेको हो ।पुरातत्व विभागले ३५ फिटसम्मको भवन बनाउन स्वीकृति दिए पनि भक्तपुर नपाले नक्सापास रोकेको थियो । भक्तपुर नपाले पुरानै शैलीमा भवन पुनर्निर्माण गर्न दिने निर्णय दिएसँगै गुठी भवन बन्ने बाटो खुलेको हो ।

वि.सं. १८९० र १९९० सालको भूकम्पले भत्काउनुअघि उक्त भवन ३५ फिटभन्दा अग्लो रहेको थियो । गुठी संस्थान रहेको उक्त भवनको छानामा गुम्बज शैलीको दिगुतलेजु मन्दिर रहेको संस्कृतिकर्मी विनोदराज शर्मा बताउँछन् ।उनले उक्त मन्दिरको सीधै मुनि भूईतलामा दक्षिणामूर्तिको समेत मन्दिर रहेको बताए । जुन भवन भत्काइएपछि दक्षिणामूर्तिको ढुंगे मूर्ति सामुन्ने रहेको सिलु महादेव (फसी देगः) मन्दिरमा राखिएको थियो । हाल उक्त मूर्ति भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला संग्रहालयमा सुरक्षित रहेको संग्रहालय प्रमुख अरुणा नकर्मीले जानकारी दिइन् ।

पुरातत्व विभागअन्तर्गत भक्तपुरमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी प्रमुखसमेत रहेकी नकर्मीले विभागमा गुठी संस्थानले पुरानै भवनको पुनर्निर्माणको सट्टा नयाँ भवन निर्माण गर्ने भनी नक्सा पेस गरेको बताइन् । ‘गुठी संस्थानले नयाँ निर्माण भनेर नक्सा पेस गरेपछि पुरातत्व विभागले ३५ फिटभन्दा अग्लो नबनाउन भनेको हो’, उनले भनिन्, ‘सम्पदा क्षेत्रमा ३५ फिटभन्दा अग्लो घर तथा भवन बनाउन पाइँदैन । तर गुठी बसेको पुरानो भवन सम्पदा नै हो । त्यसैले सम्पदा पुनर्निर्माण गर्न उचाइको हदबन्दी लाग्दैन ।’ प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सम्पदा क्षेत्रमा ३५ फिटभन्दा अग्लो घर तथा भवन बनाउन पाइँदैन । तर मठमन्दिरलगायत सम्पदा पुनर्निर्माण गर्न उक्त ऐन आकर्षित हुँदैन ।

गुठी भवन पुनर्निर्माण गर्ने सम्बन्धमा भक्तपुर नपामा बुधबार भएको बैठकमा सहभागी प्रमुख नकर्मीले गुठी भवन सम्पदा नै भएकाले पुरानै शैलीमा बनाउनुपर्नेमा जोड दिइन् । पुरानै शैलीको नक्सा बनाएर पुरातत्व विभागमा स्पष्टताका साथ प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै उनले उक्त नक्सा पास प्रक्रिया अगाडि बढाउन आफूले सहयोग गर्ने वचन दिइन् । बैठकमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्राप्त ऐतिहासिक प्रमाण र तथ्यको आधारमा गुठी संस्थान कार्यालयको भवन पुरानै शैलीमा पुनर्निर्माण हुनुपर्नेमा जोड दिए । बेलायती कलाकार वल्डफिल्डले १९१० सालमा स्थलगत भ्रमणपछि कोरेको एक चित्रमा भक्तपुर दरबार क्षेत्रस्थित फसी देगः, दक्षिणामूर्ति र भक्तपुरको दिगु तलेजु रहेको गुठीको भवन स्पष्ट देखिन्छ । उक्त चित्रको आधारमा पनि गुठी संस्थान बसेको भवन मल्लकालीन रहेको पुष्टि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *