हार्दिक बधाई तथा शुभकामना: सपनाको फेरिएको दैनिकी: बिहान कलेज, दिउँसो श*व व्यवस्थापन

समाचार

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोका मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो पढाइ।

त्यही सपना पूरा गर्न उनले पढाइ सुरु गरेकी छन्। उनी काठमाडौंको सुविधानगरस्थित हिमालयन ह्वाइट हाउस कलेजमा कक्षा ११ मा भर्ना भएकी छन्। उनले कानुन विषयमा अध्ययन सुरु गरेको कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले बताए। बेवारिसेको शव व्यवस्थापन गर्ने म्याग्दीकी सपनालाई गत मंसिर ८ गते बीबीसीले विश्वका १०० प्रभावशाली महिलाको सूचीमा सामेल गरेको थियो। यो सफलतामा उनी अत्यन्त खुसी थिइन्। तर, उनलाई पढाइ छुटेकोमा उनलाई छटपटी थियो।

२०७३ सालमा महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेकी सपना सदरमुकाम म्याग्दी गएर व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएकी थिइन्। तर, त्यसपछि उनले पढाइ बीचमै छाडेकी थिइन्।पढाइ छाडेर गलत बाटाेमा लागेकी उनी परिवारबाट समेत टाढा भएकी थिइन्। पछि बेवारिसे शव व्यवस्थापनको काममार्फत उनले आफूलाई सामान्य जीवनमा फर्काए पनि पढाइलाई निरन्तरता दिन सकेकी थिइनन्।

आफू जति चर्चा पाएपनि उनलाई पढाइ छुटेको विषय खड्किरहन्थ्यो। प्रभावशाली महिलाको सूचीमा परेपछि उनले पढाइ पनि सुरु गर्ने बताएकी थिइन्। चार वर्षपछि अध्ययनमा फर्किएकी सपनालाई कलेजले शतप्रतिशत छात्रवृत्तिमा भर्ना गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *