परपुरु’शसङ्गको संबन्ध र धरै रिन थाहा पाएरनै मेरो भाइ झु *न्डिएको हो (भिडियो हेर्नुहोस)

समाचार

परपुरु’शसङ्गको संबन्ध र धरै रिन थाहा पाएरनै मेरो भाइ झु *न्डिएको हो (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
फेवातालको बाँध मर्मत गर्न पानीको सतह घटाएपछि वर्षायामका बेला थुप्रिएको माटोले ताल साँघुरो देखिएको छ। दुई मिटर पानी घटाएको मौका पारेर माटो र अन्य फोहोर झिक्न थालिएको छ।

मंगलबारदेखि तालको गहिराइ बढाउन र ताल क्षेत्र फराकिलो बनाउने कार्य सुरु भएको छ। पोखराको मुख्य बजार हुँदै तालमा फिर्के खोला मिसिएको छ। फिर्के खोलाले बगाएर ल्याउने माटो, प्लास्टिकजन्य र अन्य फोहोर थुप्रिएर गाईघाट क्षेत्रमा तालको क्षेत्र खुम्चिएपछि सफा गर्न थालिएको हो।

बाँध मर्मतको मौका पारेर फोहोर र माटो झिक्न पोखराका स्थानीय र नागरिक समाजबाट आवाज उठ्यो। यो मागलाई सम्बोधन गर्न गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, फेवाताल चारकिल्ला निर्धारण सीमांकन तथा नक्सांकन समिति, सिँचाइ डिभिजन कार्यालयलगायतका निकायको निर्णयले माटो निकाल्न थालिएको थियो।

फिर्के खोलाले थुपारेको माटो, ढुंगा, गिट्टी, बालुवा निकाल्न सुरु भएको माटो व्यवस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले बताए। तालको मुहानदेखि पुछार ड्यामसाइडसम्म तालमा मिमिने खोला, खहरेबाट माटो, गेगर थुपारेर तालको क्षेत्र खुम्चिएको छ। १५ हजार घनमिटर माटो निकाल्ने गरी काम अघि बढेको श्रेष्ठले जानकारी दिए।

यो कार्यको शुभारम्भका क्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले माटो झिक्दा तालको मूल र पर्यावरणलाई असर नगर्ने गरी झिक्नुपर्नेमा जोड दिए। तालको गहिराइ बढाउन र ताल फराकिलो बनाउन आवश्यक रकम प्रदेश सरकार, पोखरा महानगरपालिकालगायतका निकायबाट जुटाइने उनको भनाइ छ।

तालको संवेदनशीलता नियाल्दा सबै ठाउँमा उपकरण प्रयोग गर्न नमिल्ने भएकाले माटो निकाल्न करिब डेढ करोड रुपैयाँ लाग्ने संयोजक श्रेष्ठको ठहर छ। एक्साभेटर प्रयोग गर्दा करिब २५ लाख लाग्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *