नेपालकी १८ बर्षे सुन्दरी मा’ता, चा’न्स पा’ए हि’रोइन बन्ने रहर, सानैमा प्राप्त भयो श*क्ति (भिडियो हेर्नुहोस्)

समाचार

नेपालकी १८ बर्षे सुन्दरी माता, चान्स पाए हिरोइन बन्ने रहर, सानैमा प्राप्त भयो श*क्ति Sundari Mata (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
बलिउड अभिनेता सैफअली खानले १९९१ मा अभिनेत्री अमृता सिंहसँग विवाह गरे । आफूभन्दा १२ वर्ष जेठी अमृता सिंहसँग उनी २० वर्षका थिए । यो विवाह करिब १३ वर्षसम्म अघि बढेको थियो । यसबिचमा दुबैका दुई सन्तान छोरी सारा अली खान र छोरा इब्राहिम खान भए ।२००४ मा सैफ र अमृताको सम्बन्धबिच्छेद गरे । दुवै अलग भए। सैफ-करीना कपूरका विवाहको समय सैफले पूर्व पत्नी अमृतालाई एउटा पत्र पठाएका थिए, त्यही पत्रपछि छोरी सारा अली खान विवाहमा आएकी थिइन् ।

सैफअली खानले एक अन्तर्वार्तामा करीनासँग विवाह हुन लागेको कुरा लेखेर आफूले अमृतालाई एउटा पत्र पठाएको बताएका छन् । उनले भने, ‘जब मैले करीनासँग विवाह गर्न गइरहेको थिएँ, मैले अमृतालाई एउटा पत्रमा लेखे यो नयाँ अध्यायको सुरुवात हो। मैले लेखे हामीबिच एउटा इतिहास रहेको छ र हामी दुवै शुभकामनाको पर्खाइमा छौँ । मैले पत्र पठाउनु भन्दा पहिले करीनालाई पनि देखाए। त्यसपछि पठाए ।

साराले मलाई फोन गरेर भनिन् , ‘म जसरी भए पनि आउँदै थिए, अब म अझ हृदयमा खुसी लिएर आउदैछु।’ मलाई लाग्छ विवाहमा समावेश सबैको दृष्टिकोण यस्तै थियो।सो समय अमृताले नै सारालाई तयार गरेर पठाएकी थिइन् । सारा अलीले सैफ-करीनाको विवाहको बारेमा भनेकी छन् ‘मेरी आमाले मलाई बुबाको विवाहको लागि तयार गर्नुभयो। करीना वा मेरी आमाले अनौठो महसुस गरेको हुनुपर्छ भन्ने धेरैको विश्वास छ। यद्यपि यो सबै धेरै सहज थियो। सबै जना परिपक्व थिए।’ हालै करीनाले आफ्नो दोस्रो बच्चालाई जन्म दिइन्। यो भन्दा पहिले, उनको एक छोरा तैमूर रहेका छन् ।

सैफ अली खान र अमृता सिंहको प्रेमकथा : बलिउड स्टार सैफ अली खान र अमृता सिंहको प्रेमकथा कुनै फिल्म कहानी भन्दा कम छैन। यी दुईको प्रेम कहानीको बारेमा धेरथोरलाई थाहा भएकै हो । सैफले पहिलो पटक १९९२ मा अमृतालाई भेटे। त्यस समयमा, अमृताले बलिउडमा आफ्नो छाप छोडेकी थिइन र सैफ फिल्म ‘बेखुदी’ बाट डेब्यू गर्न गइरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *