Congratulations १ रुपैया खर्च नगरी उदाहरणीय बिहे गरेर भा*इरल बन्यो यो जोडी। ३५ लाख भन्दा बढीले यस्तो गरे।

समाचार

Congratulations १ रुपैया खर्च नगरी उदाहरणीय बिहे गरेर भा*इरल बन्यो यो जोडी। ३५ लाख भन्दा बढीले यस्तो गरे।

याे समचार पनि पढ्नुहोस्
उसको नाम सेते हो, उसकी आमाले बोलाउने । उसको नाम कान्छा हो, उसका बाले बोलाउने । उसको नाम गोरे हो, उसका काकाले बोलाउने । उसको नाम गोकर्ने हो, उसका सहपाठीले बोलाउने । उसको नाम राजेन्द्र हो, हाजिरी मास्टरले बोलाउने । उसको नाम गगन हो, उसका सहयोद्धाहरूले बोलाउने ।

राजेन्द्र खड्का उर्फ कमरेड गगन । हाम्री बोईले एउटै कोखबाट जन्माएका तीन बाहरूमध्येका जेठाबाको कान्छो छोरो । मेरा जेठाबाको कान्छो छोरो । मेरो दाइ । म भर्खर उम्रँदै थिएँ । मेरा पात पलाएका थिएनन् । मेरा जरा पनि पलाएका थिएनन् । मैले मेरो धर्ती टेकेको मलाई थाहा थिएन । तर समयको नयाँ पात पलाउँदै थियो— प्रजातन्त्र नामको । त्यो पातको छिप्पिएको तलेत्रोमा आफ्नो नाम सुनौला अक्षरमा लेख्न चाहन्थ्यो मेरो दाइ । २०४७ सालको चैते हुरी आउनुअघिको अघिल्लो वर्ष नै ऊ अर्धभूमिगत भैसकेको थियो । सबैको प्यारो त्यो मानिसमा केही खास कलाहरू थिए । नम्र बोली, शिष्ट आचरण, मृदुल मुस्कान । आकर्षक शारीरिक बनोटमा अग्लो कद । मिठो लवजमा गीत गाउने कला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *