प्रमाण सहितको पुष्टि भएन भन्दै आफन्तद्वारा भागरथीको शव बुझ्न अझै अस्वीकार

समाचार

गोकर्ण दयाल, बैतडी । भागरथी प्रकरण आरोपमा पक्राउ परेका दिनेश भट्टले नै ह ‘त्या गरेको प्रमाण सहितको पुष्टि नभएसम्म परिवारले भागरथीको शव नबुझ्ने बताएका छन् ।
घटनाको अनुसन्धान गरिपाउ भनी प्रहरी कार्यालयमा उजुरी दिनुभएका भागरथीका नजिकका काका नाता पर्ने शिवराज भट्टले घटनामा निजको संलग्नता पुष्टि नभएसम्म परिवारले शव नबुझ्ने बताउनुभयो ।

शिवराजले भन्नुभयो, “ दिनेशले ह’ ‘त्या आफैले गरेको स्वीकारे पनि विश्वास गर्ने स्पष्ट आधार नदेखिएकोले पुष्टि नभएसम्म शव नबुझ्ने निर्णय गरेका छौं ।”
शिवराजले अगाडि भन्नुभयो,“ दिनेशलाई मैले पनि जिप्रकामा भेटे । एकान्तमा लगेर २० मिनेट जति कुरा गर्दा ह ‘त्या गरेको तर, कर णी नगरेको बताउँदै छ । घटना प्रकृति र पोष्टमार्टम रिपोर्टमा कर णी पछि ज्या न लि’एको भन्ने आएको छ । कसरी विश्वस गर्ने ? पुष्टि हुनुपर्छ ।”

घरायसी पुरानो रिसईवीको विषयका बारेमा जिज्ञासा राख्दा ३० वर्ष पुरानो घटनाकै कारणमा भागरथीको ज्या न लि’नुको कारण हो भन्ने आधार नभएको भट्टले बताउनुभयो । घटनामा अरुको पनि संलग्नता भए नभएको बारेमा पनि थप अनुसान्धान हुनु पर्ने परिवारले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *