गर्भवती भएको भन्दै बधाई खाएर हस्पिटल जाँदा जब उनको पेटमा डाक्टरले भेटायो यस्तो चिज जस्ले सबैलाई बनायो चकित

रोचक

अमेरिकाको अलाबामामा बस्ने कायला राहनको पेट बढ्दै जान थाल्यो र तौल पनि । धेरैले उनी गर्भवती भएको भन्दै बधाई पनि दिए र कतिपयले त पेट निकै बढ्न थालेको देखेर कायलाको पेटमा जुम्ल्याहा या तिम्ल्याहा बच्चा भएको अनुमान समेत लगाउने गर्दथे ।तर पछि पछि उनको पेट दुःख्न थालेपछि उनी डाक्टर कहाँ पुगिन् । र डाक्टरले भने अर्कै कुरा भएको पत्ता लगाए । पेट भित्र साढे २२ किलोलो ट्युमर ! सुन्दा अचम्म लागेपनि घटना भने सत्य हो

अर्को समचार पनि पढ्नुहोस्
अमेरिकाको मोडेर्ना कम्पनीले एक खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्न सक्छ भन्ने पहिलो सङ्केत प्राप्त भएको दाबी गरेको छ। सुरक्षा परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोनाभाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको मोडेर्नाले बताएको छ। शरीरको त्यो प्रतिक्रिया कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको शरीरमा देखिएको रोग प्रतिरोधी प्रतिक्रिया जस्तै रहेको बताइएको छ। *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

अब खोपको परीक्षण धेरै मानिसहरूमा गरेपछि मात्रै त्यो खोपको प्रतिक्रियाले कोरोनाभाइरस सङ्क्रमणबाट बचाउन सक्छ कि सक्दैन भन्ने यकिन हुनेछ। अहिले विश्वभरि विभिन्न करिब ८० समूहहरू अभूतपूर्व गतिमा कोरोनाभाइरसविरुद्ध खोप विकास गर्न काम गरिरहेका छन्। एमआरएनए-१२७३ नाम दिइएको खोपको मानिसमा सुरक्षा परीक्षण गर्ने मोडेर्ना पहिलो समूह हो।

तर मोडर्नाका अनुसार थोरै मात्राको खोप दिइएका व्यक्तिहरूमा कोभिड-१९ निको भएका व्यक्तिहरूमा देखिएको जत्तिकै एन्टीबडी देखिएको हो। सुरक्षा परीक्षण भनेको खोप प्रभावकारी हुन्छ कि हुँदैन भन्ने पत्ता लगाउन भन्दा पनि खोप मानिसका लागि सुरक्षित हुन्छ कि हुँदैन भन्ने अध्ययन हो। मुसामा गरिएको परीक्षणमा भने यो खोपले फोक्सोमा भाइरस बढ्न रोकिने देखिएको छ। मोडेर्नाले खोपको दोस्रो चरणको परीक्षण जुलाईमा सुरु गर्ने अपेक्षा गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *