चेन्नईमा मृगौला फेल भएपछि जीवन मरणको स्थितिमा युवक, सहयोगका लागि लगाए गुहार (सहयोग स्वरुप सेयर गराै)

समाचार

रोजगारीका लागि भारतको तामिलनाडु राज्यको चेन्नईमा रहेका डोटीका एक नेपालीको दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारका लागि सहयोग गर्न सबैमा अपील गरेका छन । डोटीको आदर्श गाँउपालिका वडा नं- 6 ,गिरीचौकाका जयबहादुर बोहराको दुबै मिर्गौला फेल भएपछि राज्यको कोदम-बकमस्थित जे.भी.होस्पिटलमा उपचार चलिरहेको छ ।

सामान्य रोजगारी गरिरहेका जयबहादुर बोहराको जीवन अहिले डाईलासिसमा निर्भर रहेको छ । तर डाइलासिसमै मासिक 30 हजारसम्म खर्च गर्नुपरेकाले आर्थिक सहयोगका लागि प्रधानमन्त्री केपी ओली, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टसहित विभिन्न संघ-संस्था र राजनीतिक दलका नेताहरुलाई अपील गरेका छन ।

नेशनल लाईभबाट एक अपील जारी गर्दै उनले आफ्ना ३ वटा छोरा-छोरी र श्रीमती रहेको भन्दै आफु उपचार नपाए मर्ने अवस्थामा रहेकाले ज्यान बचाईदिन अपील गरेका छन । उनले मृगौला फेर्न पाए पनि आफु जिवित रहेर परिवार पाल्न सक्षम हुने भएकाले त्यसका लागि रकम जोहो गरिदिन अपील गरेका छन ।

उनले आफुजस्ता कयौं रोगीहरु नेपालीहरुकै साथ-सहयोगले बाचेकाले सकेको सहयोग गरिदिन भारतसहित विश्वभरि रहेका नेपालीहरुलाई अनुरोध गरेको तामिलनाडुको बेल्लुरमा रहेका सामाजिक अभियन्ता लाल बाहादुर थापाले बताउनु भएको छ । थापाले मृगौला पीडित जयबहादुर बोहरालाई बचाउन अभियान चलाएकाले सहयोग गर्न चाहने जो सुकैले पीडितको चेन्नईस्थित इण्डियन ओभरसिज बैंक अफ इण्डियाको खाता संख्या-131301000027797 मा र मोबाईल नम्बर +919962110674 मा सम्पर्क गरि सहयोग गर्न सक्ने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *