सपनाका अ’ स्लिल फोटो बाहिरियो फोनमा यस्तो भनिन् सपनाले सर्मिलालाई (हेर्नुस् भिडियो)

समाचार

पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमा सपना रोका मगर र बिनय जंग बस्नेत चर्चामा रहेका छन् । विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना सामाजिक कामका कारण चर्चामा आएकी हुन् । उनी पशुपति आर्यघाटमा लाश जलाउने कामका कारण विश्वका सय प्रभावशाली महिलाको सूचीमा राखेको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सार्वजनिक गरेको सन् २०२० का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छानेका सय जनामध्ये नेपालकी सपना रोका मगर समेत परेकी थिइन् । कठिन परिस्थितिमा पनि संघर्षको बाटोलाई स्वीकार्दै समाज परिवर्तनका लागि नौलो र उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो ।

म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाडौं आएकी थिइन् । यहाँ आएपछि बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतले बेवारिसे लाश जलाउने गरेको देखेपछि उनले पनि यही काम थालेकी हुन् । अलपत्र परेका लाशको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उनले बताउँदै आएकी छन् । उनले बिनय जंग बस्नेतलाई आफ्नो बुवा भएको भन्दै आएकी थिइन् । तर अहिले सामाजिक सञ्जालमा यी दुई जनालाई लिएर अर्कै कुरा बाहिर आएको छ । बस्नेतले रोकामाथि छोरीको व्यवहार नगरेर अर्कै व्यवहार गरेको आरोप लागेको छ । यो बीचमा सपना रोका आफैंले यस विषयमा प्रतिकृया जनाएकी छिन् ।

उनले लेखेकी छिन्, ‘मेरो व्यक्तिगत जीवनको कुराहरु मेरो आफ्नो अनुमती बिना नत कसैले लेख्न सक्छ नत कसैले बोल्न नै सक्छ । सायदै अवगत छ होला कि उसलाइ मानहानी को मुद्दा लाग्छ नै, जब कि मेरो विगत र विगतमा घटेका कुराहरु मैले स्वीकार गरेकी छु । त्यहीँ विगत र विगतको कुराहरुलाई लिएर म कोसंग हिडे , मैले कोसंग के गरे भन्ने कुरा बाहिर ल्याउनु अघि मसंग अनुमती लिनु पर्ने हुन्छ । भोलि सबै जना कानुनको दायरामा बसेर फेस टु फेस कुराकानी गरौंला । सबै जना प्रती आभारी छु’ बस्नेतले पनि आफुमाथि लागेको आरोप गलत्त भएको बताएका छन् । उनका अनुसार सपना अहिले आफ्नै काममा व्यस्त रहेका कारण उनीसँग काम गरिरहेकी छैनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *