भागरथीको श*व भेटिएको ठाउँमा पुग्दा हेर्नुहोस् , बाटोको छेउमै यस्तो भयो ? अन्त मा*रेर त्यहाँ फाले ?

समाचार

भागरथीको श*व भेटिएको ठाउँमा पुग्दा हेर्नुहोस् , बाटोको छेउमै यस्तो भयो ? अन्त मा*रेर त्यहाँ फाले ?




याे समचार पनि पढ्नुहोस्

कवि विनोदविक्रम केसीको ‘जुलुस गइरहने मान्छे’ कविता अहिले चर्चामा छ । कविता पढ्दै गर्दा, सुन्दै गर्दा त्यो जुलुसमा म आफूलाई कवि केसीसँगै पाउँछु । काठमाडौं सहर अहिले जुलुसमय छ । माइतीघर चोकको दक्षिणपट्टिको कुनो जुलुस गर्ने स्थायी ठेगाना बनेको छ ।

विरोधका अनेक रंग र रूप देख्न पाइन्छ त्यहाँ । कहिले किसान, कहिले विद्यार्थी, कहिले अधिकारकर्मी र कहिले नाट्यकर्मी आएर उभिन्छन् त्यहाँ, अनि नारा लगाउँछन् मूर्दावाद–मूर्दावाद । कोही नाटकबाटै मूर्दावाद मञ्चन गर्छन्, कोही गायनबाट अनि कोही कविताबाट ।

माइतीघर चोकको कुनोमा बसेर लगाइएका अनेक शैलीका ती मूर्दावादका नारा सिंहदरबारको कानसम्म भने अझै पुग्न सकेको छैन । सिंहदरबारका झ्यालहरूमा बाक्लो कालो सिसा लगाइएको छ । त्यसैले बाहिर लगाइएका चर्का नारा ती सिसाभित्र पस्दैनन् । अग्ला पर्खालले घेरिएको सिंहदरबारभित्र हामीले नै चुनेर पठाएका प्रतिनिधिहरू बस्छन् । सिंहदरबारबाहिर ती हाम्रा प्रतिनिधि भए पनि दरबारको अजंगको मूलद्वारभित्र प्रवेश गर्नेबित्तिकै ती जनप्रतिनिधिबाट शासकमा परिणत हुन्छन् ।

अजबको वातावरण छ, सिंहदरबारभित्र । सिंहदरबारले नसुनेको आवाज सुनाउन बालुवाटार मार्च गरेका छन् नागरिक अगुवाहरूले । बालुवाटार अर्थात् प्रधानमन्त्रीको सरकारी निवास । केही वर्षदेखि शक्ति केन्द्र बनेको छ बालुवाटार । वर्क फ्रम होमको अनुकरणीय उदाहरण हो, बालुवाटार । हाम्रा प्रधानमन्त्री कार्यालय जाँदैनन्, सम्पूर्ण काम घरबाटै गर्छन् । वर्क फ्रम होमले विश्वभरि नै कार्यालय सञ्चालन र व्यवस्थापनको परिभाषा बदलेको छ । तर हाम्रा प्रधानमन्त्रीहरूले कोभिड प्रकोप सुरु हुनुभन्दा निकै वर्षअघिदेखि नै वर्क फ्रम होमको चलन चलाएका छन् ।

केसीसँगै हिँडिरहेको त्यो जुलुस नागरिकहरूको हो, जो आन्दोलित भएका छन् प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध । बृहत् नागरिक आन्दोलनको तुल अघिअघि छ जुलुसको । पछि­पछि छातीमा, हातमा, निधारमा विरोधका आवाजहरू बोकेर लामबद्ध छन्, आन्दोलनका सहयात्री नागरिकहरू । जुलुसमा युवा छन्, प्रौढ छन्, सेतै कपाल फुलेका केही वृद्धहरू पनि छन् । ती लामबद्ध विभिन्न पेसाकर्मी नागरिकको जुलुसलाई सहर झ्यालबाट नियालिरहेको छ । आन्दोलनका उभार उठ्दा सहर यसरी नै आन्दोलनलाई नियाल्छ ।

सडकमा नारा लगाउँदै जुलुसमा हिँडिरहेका मानिसहरूले सहरको प्रतिनिधित्व गर्दैनन् । कसलाई फुर्सद छ र सहरमा यसरी जुलुसमा हिँड्न ? गाउँबाट पैसाका लागि आएका भाडाका मानिसहरू र विदेशीको पैसाको आडमा चलेको ‘पेड’ आन्दोलन हो यो । झ्यालबाट नियाल्दै सहरले सोच्ने यस्तै–यस्तै हो । यो सोचमा अडिग छ सहर । हरेक जनआन्दोलनको जुलुसलाई झ्यालबाट नियालेर यस्तै आरोप लगाएको छ सहरले । भाटभटेनीको सडक–सभामा प्रतिगमनको विरोध गरिरहेका युवालाई नियालिरहेका थिए, नजिकैको फिटनेस सेन्टरबाट केही युवा । उनीहरू शरीरको तन्दुरुस्तीका लागि स्किपिङ र ट्रेडमिलमा ‘जगिङ’ गरिरहेका थिए । सडकमा चलिरहेको सभा उनीहरूका लागि फगत फुर्सदिला ‘पाखे’हरू र एनजीओको पैसामा जम्मा भएकाहरूको भीड हो ।

सडकमा मार्च गर्ने युवा, पानीको फोहराको झट्का खाने युवा, सडकमा प्रहरीको लट्ठी खाने युवा र झ्यालबाट नियालिरहेका पनि युवा । सबै यही देशका युवा नै हुन् । पढेलेखेका र होनहार । यी युवाको सोचमा यत्रो भिन्नताचाहिँ किन होला ? किन ती झ्यालबाट नियालिरहेका युवा सडकमा अधिकारका लागि उर्लेका युवासँग मिसिन चाहँदैनन् ? किन रमिते नै रहन चाहन्छन् उनीहरू सधैं ? प्रश्न गम्भीर छ । तर उनीहरूसँग सहज उत्तर छ­ ‘राजनीति फोहरी खेल हो’ । राजनीति फोहरी खेल हो भने यसलाई सफा बनाउने जिम्माचाहिँ कस्को त ? पढेलेखेका, सचेत, समझदार, जेहेनदार युवाहरूकै त हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *