७० बर्षका श्रीमान २० बर्षीय श्रीमतीको जोडी टिक-टकमा यसरी रम्दै सिरियलमा खेल्न अफर(भिडियो सहित)

समाचार

इलामका एक जोडी पछिल्लो समय निकै चर्चामा रहेका छन । टिकटकमा एकाएक भाइरल बनेको जोडी निकै अचम्मको देखिन्छ । ७० बर्षका श्रीमान र २० बर्षकि श्रीमती रहेका उनीहरुको जीवन अनि माया देखेर सबै चकित बनेका छन ।



बुढेसकालमा आफू एक्लै भएको र नाति नातिना हुर्काउन गाह्रो भएकाले आफुले बिहे गर्नुपरेको बताउने लिम्बू बाजेले हरेक शब्दमा हसाएर भुतुक्कै बनाउछन ।आफुले नातिनी समानकी युवतीलाई प्रेम प्रस्ताव राखेको देखि अहिले चल्दै गरेको जिन्दगी सम्मको जीवन कहानी बताउदा झन्डै बाजेले आँसु खसाए । २० बर्षकि पुजाले पनि आफुले धेरै दु:ख पाएको र बाजेले सुख दिन्छु भनेपछी बोल्दाबोल्दै माया बसेको पत्तै नपाएको बताइन ।

अहिले टिकटक बनाउनमा ब्यस्त जोडीको घरमै पुगेर सुपर अनलाइन टिभी टिमले अन्तरवार्ता गरेको छ । भाइरल पुजा र निकै हसाउने बाजेले टिकटक बनाएको देखेर सबै चकित बनाए ।
हेर्नुहोस तलको भिडियो छक्क पर्नुहुनेछ ।

याे समचार पनि पढ्नुहोस्
नेकपा (ओली समूह) ले दुई प्रदेशका मुख्यमन्त्रीविरुद्ध परेको अविश्वासको प्रस्तावलाई अघि बढाउन अवरोध गर्दै कांग्रेसलाई आफ्नो पक्षमा ल्याउने प्रयत्न जारी राखेको छ । अविश्वासको प्रस्ताव तत्काल अघि बढाउँदा कांग्रेसले नेकपाको दाहाल–नेपाल समूहलाई साथ दिने सम्भावना बढेपछि ओली समूहले यस्तो रणनीति बनाएको हो । कांग्रेसले भने अविश्वासको प्रस्तावउपर मतदानको मिति तय नभएसम्म निर्णय नगर्ने जनाएको छ ।

ओली समूहकै दबाबले प्रदेश १ सभाको बैठक आइतबारबाट फागुन ९ गतेसम्म स्थगन गरिएको छ । यसअघि वाग्मती प्रदेशसभाको बैठक फागुन ५ गतेसम्म स्थगन गरिएको थियो । केपी शर्मा ओलीपक्षीय दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभामा अविश्वासको प्रस्ताव मात्रै एजेन्डा भएको र अविश्वासको प्रस्तावलाई मतदानमा लगिहाल्दा सरकार गुम्ने जोखिम ओली समूहले देखेको छ । त्यसैले त्यतिञ्जेल कांग्रेसलाई रिझाउने प्रयासमा प्रधानमन्त्री ओली लागिरहेको स्रोतले बताएको छ ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत नेकपा विभाजन नभएको र जुनसुकै बेला मिल्ने सम्भावना कायमै रहेकाले कांग्रेसले निर्णय गर्न हतारो नगरेको बताए । उनले मतदानको मिति तय भएपछि भने कांग्रेसले निर्णय लिने बताए । कांग्रेसको निर्णय तत्काल नआउनु र नेकपाको दाहाल–नेपाल समूहसँगको गठबन्धनमा जाने दृष्टिकोणसमेत बनाइनसक्नुलाई ओली समूहले आफ्नो पक्षमा ल्याउन सकिने भनेर बुझेको छ । अविश्वासको प्रस्तावविरुद्ध जान कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्रै अप्ठ्यारो परेपछि निर्णयमा ढिलाइ गरेको बुझाइ ओलीपक्षका नेताहरूमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *