छोरा बुहारीको पुनर्मिलनले खुसी भएर रोईन राहुलको आमा, स्मिताको बाबा पनि यति धेरै खुसी।

रोचक


याे पनि पढ्नुहाेस
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको निष्ठामा प्रश्न नउठाउन आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनकारी कदम चालेको आरोप खेपिरहेका ओलीले देशमा कसैले लोकतन्त्र खोस्न नसक्ने बताए । उनले काम गर्न नपाएपछि संसद् विघटन गरेको पनि प्रष्टीकरण दिए । ‘कसैले पनि लोकतन्त्र खोस्न सक्दैन । लोकतन्त्रको भविष्य उज्ज्वल छ । लोकतन्त्रतर्फ कसैले कर्के आँखा नलगाए हुन्छ । किनभने नेपाली जनता सचेत छन् । देश अघि बढ्योबढ्यो’, शुक्रबार काठमाडौंमा भएको ओली समूहको सभामा उनले भने, ‘संसद् विघटन संविधानसम्मत छ कि छैन भनेर बहस निकालिएको छ । जनताले बुझेको कुरा हो–काम गर्ने अवस्था नभए प्रधानमन्त्रीले संसद् विघटन गर्छ । हाम्रै बलमा संसद्‌मा आएर काम गर्न नदिने र सरकारले काम गर्न सकेन भन्ने प्रवृत्तिको जवाफ जनताको ताजा जनादेशबाट खोज्नुपर्छ ।’ कोही पनि नाटकबाजको नाटकमा परेर देशलाई गलत बाटोमा जान दिन नहुने ओलीको भनाइ थियो ।
ओलीले आफूलाई गणतन्त्रविरोधी भनेर प्रचार गरेकोमा असन्तुष्टि जनाए । ‘आधा दशक लोकतन्त्र, गणतन्त्र र सामाजिक न्यायका लागि लडेको ओलीले राजतन्त्र फर्काउने घोषणा गर्छ रे । संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले तलमाथि पार्ने नसोचे हुन्छ । हामी यसको कार्यान्वयन गरेर जान्छौं ।’

संसद्‌लाई पंगु बनाउन खोजिएपछि चुनावमा जानु परेको ओलीले बताए । ‘संसद्‌लाई ठीक ढंगले चल्न दिनुभएन । संसदलाई पंगु बनाउन थाल्नुभयो । पहिलाजस्तै किनबेचको, समीकरणको, जोडजामको राजनीति गर्न खोज्नुभयो । काम गर्नै नपाउने अवस्था आएपछि ताजा जनादेशका लागि जानुपर‍्यो,’ ओलीले कार्यकर्तातर्फ प्रश्न सोध्दै भने, ‘अस्थिरताका राजनीतितर्फ जाने कि जनताका बीचमा जाने ? अस्थिरतातर्फ होइन, चुनावतर्फ जाऔं । अस्थिरता होइन, चुनाव चाहियो । जनता के भन्छ, अब सबै सुने होलान् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *