Exclusive: राहुल र स्मिताको सन्तोषले वडा कार्यालय लगेर बनाउन लगाईदिए विवाह दर्ता।

रोचक


प्रदेशमा धेरै नै पर्यटकीय क्षेत्र भएपनि ओझेलमा भएको र प्रमुख गन्तव्यहरु पनि कोरोनाकालमा ओझेलमा परेकाले आफूहरुले यो अभियान सुरु गरेको समितिका सदस्य शैलेश चौधरीले जानकारी दिए ।

यो अभियानको सप्तरीबाट प्रारम्भ गरिएको छ । कंचनरुप नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी यो अभियानको शुभारम्भ गरिएको हो ।

अभियानको उद्घाटन गर्दै प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले पर्यटकीय क्षेत्रको विकास नभएसम्म होटल सञ्चालन गर्न कठिनाइ हुने बताए । उनले होटल व्यवसायीलाई ढुक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै नयाँ होटल खोल्नेलाई प्रदेश सरकारले करसम्मको छुट दिने बताए ।

समितिका अर्का सहसंयोजक बिष्णु साहले सबै जिल्लामा सरोकारबालासँग परिचयात्मक कार्यक्रम राख्दै अभियानलाई अगाडि बढाइने बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *