Exclusive ला’हुरेको श्री*मती को ना’ठो बल्ल मिडियामा हेर्नुस् यसरी भन्छ वास्तविक यस्तो रहेछ

समाचार

Exclusive ला’हुरेको श्री*मती को ना’ठो बल्ल मिडियामा हेर्नुस् यसरी भन्छ वास्तविक यस्तो रहेछ





याे समचार पनि पढ्नुहोस्

गोंगबु बस्ने साथीकामा किताब लिन जनक सिंह र केशव क्षत्री बिहीबार बिहान ८ बजे कोटेश्वरदेखि गाडी चढे । चाबहिल पुगेपछि प्रदर्शनकारीले गाडी अघि बढ्न दिएनन् । सबै यात्रु ओरालिदिए । उनीहरू हिँडेरै गोंगबु पुगे । किताब लिएर फर्किंदै गर्दा दिउँसो साढे १ बजे माइतीघरमा भेटिएका उनीहरूले भने, ‘२०/३० रुपैयाँ तिरेर गाडी चढ्छु भन्दा नि पाइएन । अति नै दुःख पायौं आज ।’




बिहीबार गाडी नचलेपछि घर सफाइका लागि टेकुबाट शान्तिनगर धाउने तारा मगरले पैदलै ओहोरदोहोर गर्नुपर्‍यो । उनी काम गर्ने घरमा बिहान ६ घण्टा निरन्तर सरसफाइ गर्नुपर्छ । त्यसमाथि पाँच किलोमिटर दूरी ओहोरदोहोर गर्न तीन घण्टा हिँड्नुपर्‍यो । ‘बन्द गरेर हाम्रो चुलो बल्ने भए हामी पनि आनन्दले घरै बस्थ्यौं होला,’ उनले निराश हुँदै भनिन्, ‘कहिले बन्द भनेर दुःख दिएका छन्, कहिले नाराजुलुस गरेका छन् ।’

सार्वजनिक सवारी नचलेको मौका छोपेर ट्याक्सीले महँगो भाडा लिएको काँडाघारीकी एलिजा ठकुरीले बताइन् । उनी सात महिनाकी गर्भवती छिन् । दुई दिनयता अस्वस्थ भएपछि थापाथलीस्थित प्रसूतिगृह जाने क्रममा ट्याक्सीलाई हजार रुपैयाँ भाडा तिर्नुपरेको थियो । ‘अरू बेला पाँच सयमै आउँथे, आज बन्द भनेर एक हजार नदिई मानेन,’ प्रसूतिगृहमा पालो कुर्दै भेटिएकी ठकुरीले भनिन्, ‘के गर्ने, सास्ती खेप्नुपर्ने त हामी जनताले नै रहेछ ।’

बिहानै सामाखुसीमा ट्याक्सी जलाइएपछि आतंक मच्चिएको ट्याक्सी चालक मोहनप्रसाद कँडेलले बताए । बन्दले चहलपहल घटेपछि उनी वसन्तपुरमा यात्रु कुरेर बसिरहेका थिए । ‘देशको अस्थिर वातावरणले हामी गरिखान्छु भन्नेलाई दुःख भएको छ, कतिबेला जलाउला, थुन्ला भन्ने डरमा भित्रभित्रै मान्छे खोजिबसेको छु,’ उनले भने ।

क्षेत्रपाटी बस्ने कृष्ण परियार भने बेलुका कसरी छाक टार्ने भन्ने चिन्तामा देखिए । ‘खाने, बस्ने, परिवार पाल्ने यही रिक्सा हो, आज त मान्छे नै छैन,’ उनले भने । धादिङका उनी १२ वर्षदेखि क्षेत्रपाटी, ठमेल, वसन्तपुर, असन, न्युरोड, थापाथली क्षेत्रमा रिक्सा चलाएरै ७ जनाको परिवार धान्दै आएका छन् । ‘दिनभरको कमाइले साँझ–बिहानको छाक टार्नुपर्छ,’ उनले भने, ‘कमाइ नभए भोकै सुत्नुपर्छ ।’

कोरोनाका कारण लामो समय ठप्प रहेको रिक्सा व्यवसाय भरखर सञ्चालन हुन थालेको अवस्थामा बन्द, नारा, जुलुसजस्ता गतिविधिले समस्यामा पारेको महानगरीय पर्यटकीय स्वतन्त्र रिक्सा चालक संगठनका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले बताए । उनका अनुसार काठमाडौंमा ४ सय ७२ रिक्सा छन् भने रिक्सा चालक ७ भन्दा बढी छन् । ‘कोभिडपछि हामीलाई जीविका धान्न मुस्किल हुँदै आएको हो, बन्द हडतालले नेपाली पनि हिँडडुल नगर्ने भएपछि भइराखेको एक–दुई सय कमाइ नै नहुने भयो,’ उनले भने ।

बन्द, हडतालको प्रभावले फुटपाथ तथा ठेला व्यापारीलाई बढी असर पारेको नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष कुमार सापकोटा बताउँछन् । ‘कोरोनाले बिस्तारै तंग्रिँदै थियौं, स्वरोजगारउन्मुख हुँदै थियौं, फेरि मान्छेकै चहलपहल ठप्प गर्ने गरी नाराजुलुस, बन्द, हडताल हुन थालेका छन्,’ उनले भने, ‘गरिखान्छु भन्नेलाई नै बढी मार छ, हाम्रो पीडा कसले पो बुझ्ने र !’ उनका अनुसार देशभर १० लाख हाराहारी फुटपाथ तथा ठेला व्यापारी छन् । उपत्यकामा मात्रै ३० हजार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *