बेवारिसे ला*सको कसम खादै सपनाले गरिन यस्तो खुलासा आखिर किन छुटिए बाउछो*री.? sapana roka binaya jung

समाचार

बेवारिसे ला*सको कसम खादै सपनाले गरिन यस्तो खुलासा आखिर किन छुटिए बाउछो*री.? sapana roka binaya jung





याे समचार पनि पढ्नुहोस्
नेपालका लोकतान्त्रिक संस्थाहरूले चाहिँ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको हुकुमी शासन अन्त्य गरेर उनलाई कहिले बिदा गर्ने हुन्, हेर्न बाँकी छ । ओलीको हुकुमी कदमको विरोधमा मुखर भएको नेपालको नागरिक समाजले ओली सरकारको डन्डा, दमकल–पानीको वेग र हिरासत झेलिराखेको छ ।




विश्वभरि छरिएका नेपालीहरू यसलाई टाढैबाट हेर्न बाध्य छन् । नागरिक जुलुसमाथि ओली सरकारको प्रहरी दमनले ओलीको निरंकुशता र कुटिल मनसाय, धेरैलाई पहिलेदेखि नै थाहा भए पनि, अहिले सबैसामु उदांगिएको छ । दक्षिण एसियामै नेपालले आफ्नो नयाँ लोकतन्त्रमाथि गर्ने गरेको गौरव चकनाचुर भएको छ ।

प्रतिगमन सच्चिएन भने नेपाली लोकतन्त्रको आत्मा मानिने संघीयता, वाक् स्वतन्त्रता, धर्मनिरपेक्षताजस्ता उपलब्धिहरू सिद्धिने निश्चित छ । लोकतन्त्रमाथि ओलीको यो हमला, नेपालको बलियो हुँदै गएको लोकतान्त्रिक राष्ट्रियतामाथिको आक्रमण उल्ट्याउन तीनपुस्ते नागरिक समाज लागिपरेको छ । तर सहिद धर्मभक्त माथेमाको स्मृतिस्थलमा भएको नागरिक समाजको भेलामा बौद्धिक तुलानारायण साहले भनेजस्तै, कतिन्जेल नेपालका तीन पुस्ता बारम्बार लोकतन्त्रका लागि आन्दोलित भइरहने, लडिरहने ?

यस तीनपुस्ते नागरिक आन्दोलनमा युवा छन्, जो शिक्षित हुन्, विद्यार्थी हुन् र आफ्नो भविष्यका लागि लडिराखेका छन् । नेपालको भविष्य हुन् यी । नागरिक समाजमा देश–विदेशका विश्वविद्यालयमा पढेका, आफ्ना सृजनात्मक र पेसागत उपलब्धिले पहिचान स्थापित गरेका लेखक, प्राध्यापक, बौद्धिक, कलाकार छन् जसले नेतृत्वदायी भूमिका दिइराखेका छन् ।

यस नागरिक आन्दोलनलाई पुराना पुस्ताका मूर्धन्य व्यक्तिहरूको समर्थन छ, प्रेरणा र साथ छ । किनभने यस नागरिक समाजले जुन मुद्दाहरूको उठान गरेको छ, तिनले नेपालमा लोकतन्त्रको भविष्य, नेपालका सबै जात–वर्ग–समुदाय र नेपालकै भविष्यसँग सरोकार राख्छन् । जनताको सार्वभौम संसद्को पुनःस्थापनामार्फत संविधानको रक्षाका साथै निष्पक्ष न्याय र स्वच्छ प्रशासन संस्थागत हुनुपर्ने माग नागरिक समाजको छ ।

उता कांग्रेस, नेकपा (नेपाल–दाहाल) सँगै जसपाहरूले पनि मुलुकका विभिन्न ठाउँमा भेला गरी जनता र कार्यकर्ताहरूलाई ओलीको गलत कदमबारे बुझाउन लागिपरेका छन् । साथै अदालतमा यसबारे बहस पनि चलिराखेको छ । यत्तिका समूह प्रतिगमनको विरोधमा लागेपछि लोकतन्त्र कसले मास्न सक्छ र ? तर शंका, भय, अविश्वास सर्वत्र व्याप्त छ । किनभने देशी–विदेशी सम्मिलित अनेक किसिमका षड्यन्त्र र सेटिङको अनुमान र अफवाहको बजार तातेको छ । नेपालका संविधानविद्हरू, नागरिक समाज, कांग्रेस, नेकपा (नेपाल–दाहाल) र जसपा एकातिर छन् भने ओली नेतृत्वको सरकार र पदका लागि सरकारमा सम्मिलितहरू दम्भका साथ अर्कातिर ।

तिनको दम्भको स्रोत के ? सम्माननीय ओलीको श्रोता हँसाउने खुबी मात्र ? तर उनले पनि भीड यत्रतत्र बटुलिराखेका छन् । उनले भीडलाई हँसाइराखेका छन् । दाहाल–नेपाललाई दुई–तीन महिनामा नागरिक समाजको स्तरमा झारिदिने धम्की दिन्छन् उनी । सुनेर उनको सरकारले भेला पारेको भीड हाँस्छ । वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले एउटा भेलामा भनेजस्तै विवेकलाई बन्धक बनाएर एक व्यक्तिको हर क्रियाकलापमा समर्थन गर्ने लम्पट कार्यकर्ता भएसम्म प्रजातन्त्र फस्टाउन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *